दाङ, २० असोज । दाङमा खाेलाले बगाउँदा एक जनाकाे मृत्यु भएको छ । मामाघरमा रहेका छाेराछाेरीलाई लिन जाने क्रममा खैरेनी खाेलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका-१५ निवासी ४८ बर्षिय मदन डाँगीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

हिजाे खाेलाले बगाउँदा वेपत्ता भएका डाँगीकाे शव आज बिहान घटनास्थलदेखि ३५ मिटर पर फेला परेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यसैगरी गुर्जे खाेलाले बगाउँदा बेपत्ता भएका कल्लु चाैधरीकाे खाेजी जारी रहेकाे प्रहरीले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस