दाङ, २० असोज । बबई नदी किनारमा तीन जनाकाे शव फेला परेकाे छ । तुलसीपुर उपमहानगरपालिका-१३ बबरपुरमा शव फेला परेकाे हाे । नचिनिने अवस्थामा शव रहेकाे तुलसीपुर उपमहानगरपालिका-१३ का वडा अध्यक्ष माेहन पाैडेलले जानकारी दिनुभयो ।

शव भेटिएको स्थलमा प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दा पुगेका छन् । नदीले बगाएको अवस्थामा शव भेटिएको हुनाले कस्काे शव हाे र कहिले बगाएको हाे भन्ने बारेमा केही खुलेकाे छैन । गाडिएको शव नदीले बगाएको समेत हुनसक्ने आश‌ंका गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस