दाङ, २३ असोज । लमही नगरपालिकाकाे कार्यालयमा तालाबन्दी भएको छ । प्रमुख प्रशासकीय अधिकृतकाे बिषयलाइ लिएर वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगरपालिका कार्यालयकाे मुल गेटमा तालाबन्दी गरेका हुन् ।

प्रमुख प्रशासकीय गेहेन्द्रबहादुर डाँगीकाे सरुवा भएको थियाे । तर, पुन: एक महिना नबित्दै साेही नगरपनलिकामा सरुवा भएर आएपछी वडा अध्यक्ष तथा कार्यपालिका सदस्य आन्दाेलित छन् । डाँगीकाे ठाउँमा देवेन्द्र प्रसाद श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा लमही आका थिए । तर, श्रेष्ठले काम गरिरहेकाे समयमा डाँगी हाजिरी भए । जसले गर्दा वडा अध्यक्षहरु बिराेधमा छन् ।

डाँगीलाई नस्विकार्ने भन्दै आन्दाेलन चर्किएको छ । नगर प्रमुख जाेगराज चाैधरी र उपप्रमुख लक्ष्मी याेगी डाँगीकाे पक्षमा देखिएका छन् । जसले गर्दा विवाद समाधान हुन सकेकाे छैन ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस