दाङ, २८ असोज । निर्वाचन आचारसंहिता बिपरित सहरी विकास मन्त्री मेटमणी चौधरीले आफ्नो निर्वाचन क्षेत्रका बाढी पीडितको नाममा चामल वितरण गरेका छन् । मन्त्री आफै उपस्थित भएर देउखुरीका चार वटा स्थानीय तहलाई ५० क्‍विन्टलको दरले दुई सय क्‍विन्टल चामल वितरण गरेका हुन् ।

बाढीबाट प्रभावित भएकाहरुलाई राहत स्वरुप चामल उपलब्ध गराइएको मन्त्रीको सचिवालयले जनाएको छ । ‘मन्त्री ज्यूको पहलमा आएको चामल हो । त्यो पालिकालाई दिइएको छ’ सचिवालयका एक सदस्यले भने–‘बाढी पीडितलाई दिने भनेर चामल मगाइएको थियो ।’

मन्त्रीले चामल वितरण गरेको खबर सार्वजनिक भएपछि निर्वाचन अधिकृतको कार्यालयमा गुनासो पुगेको छ । भोट प्रभावित गर्ने उद्देश्यले बाढी पीडितको नाममा चामल बाँडिएको आरोप लागेको छ । निर्वाचन आयोगले मन्त्रीहरु अघि सरेर गर्ने जुनसुकै काम पनि निर्वाचन आचार संहिता बिपरित हुने जनाएको छ ।‘मन्त्री अघि सेर सामाग्री दिन पाउदैनन् । सरकारको आफ्नै संयन्त्र छ । संयन्त्र भन्दा बाहिरबाट काम हुँदा त्यो आचारसंहिता बिपरित ठहरिन्छ’ निर्वाचन अधिकृत मानबहादुर बिष्टले भन्नुभयो–‘यस बारेमा भएको के हो ? हामी अनुसन्धान गर्छौं ।’ तर, मन्त्री चौधरीले स्थानीय सरकारको एकद्वार प्रणालीबाट वितरण हुने गरी चामल उपलब्ध गराएको बताएका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस