दाङ, २८ असोज । दाङमा अबैध रुपमा भित्रिएकाे पटका सुरक्षा निकायले नष्ट गरेकाे छ । गढवा गाउँपनलिका-१ कालाकाँटेमा सार्वजनिक सवारीसाधन जाँच गर्दा बरामद भएको ४२ प्रकारका चार लाख ३२ हजार ८८ रुपैयाँ मूल्य बराबरकाे पटका सशस्त्र प्रहरी बल नेपाल २९ गण हेडक्‍वाटरले नष्ट गरेकाे हाे ।

भारतबाट अवैध रुपमा लुकाइछिपाइ भित्र्याइएकाे पटका बरामद पछि नष्ट गरिएको एसपी बिनाेद केसीले जानकारी दिनुभयो । तिहारलाई लक्षित गरेर काराेबार गर्ने उद्देश्यले भारतबाट ल्याउन थालिएको पटका जफत गरिएको थियाे ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस