दाङ, २९ असोज । प्रेस चौतारी दाङले सञ्चार डेस्क स्थापना गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी चौतारीले घोराहीमा शनिबार सञ्चार डेस्क स्थापना गरेको हो ।

नेकपा एमालेका उम्मेदवारहरुको चुनावी प्रचारप्रसारलाई व्यवस्थित गराउन घाेराहीमा जिल्लास्तरीय सञ्चार डेस्क स्थापना गरिएको हो । प्रेस चाैतारी दाङका अध्यक्ष इन्द्र डिसीकाे अध्यक्षता तथा नेकपा एमाले पाेलिटव्युराे सदस्य एवम् दाङ जिल्ला इन्चार्ज नरुलाल चाैधरीकाे प्रमुख आतिथ्यतामा सञ्‍चार डेस्कको शुभारम्भ गरिएको हो ।

उक्त अवसरमा बोल्दै प्रमुख अतिथि चाैधरीले सूर्य ध्वजावाहक उम्मेदवारको प्रचारप्रसारमा सञ्चार डेस्क निकै सहयोगी हुने बताउनुभयो । पार्टीका घोषणापत्र, एजेन्डा तथा कार्यक्रमहरुलाई जनतासामु ल्याउन यसले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । सञ्चार डेस्कलाई व्यवस्थित रुपमा सञ्चालन गर्न, प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुकाे गतिविधि प्रचारप्रसार गर्न जिम्मेवारी बाँडफाँड समेत गरेकाे छ । प्रेस चाैतारीले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचनका लागि सञ्चार डेस्क स्थापना गर्ने जनाएको छ ।

छिटै लमही र तुलसीपुरमा पनि प्रेस चाैतारी दाङले सञ्चार डेस्क स्थापना गर्ने तयारी गरेको छ । क्षेत्र नं. २ का उम्मेदवारसँग चाैतारीका संयाेजक जेएन सागरकाे विषय प्रवेशबाट शुरु भएको कार्यक्रमकाे सहजीकरण प्रेस चाैतारी दाङका सचिव किरण गाैतमले गर्नुभएको थियाे । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट प्रतिनिधिसभामा शंकर पाेख्रेल, प्रदेशतर्फ क्षेत्र नम्बर २ (१) मा बलिभद्र राना र २ (२) मा गिरिराज केसी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस