घोराही, ३ कात्तिक । रोल्पाली समाज दाङले नेकपा एमालेका महासचिव तथा दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेललाई रोल्पाली समाजको विकासका लागि ज्ञापनपत्र बुझाएको छ । घोराही–१४ मा आयोजित कार्यक्रममा समाजले पोख्रेललाई माग पत्र राख्दै भन्यो–तपाई दाङकोमात्रै होइन राष्ट्रकै नेतृत्व गर्ने व्यक्ति हो । राष्ट्रिय राजनीतिमा भूमिका खेल्ने व्यक्तित्वलाई दाङवासीले उत्तिकै महत्वका साथ हेरेका छन् ।

समाजको ज्ञापनपत्र बुझ्दै महासचिव पोख्रेलले गुमेको राजधानी दाङ ल्याउँदा जसरी जनताको साथ थियो । अब देश निर्माण गर्ने अभियानमा पनि उत्तिकै साथको आवश्यकता रहेको बताउनुभयो । हिजो राजनीतिक अधिकारको लडाइ थियो । फरक फरक विचारमा रहेर आन्दोलन भए महासचिव पोख्रेलले भन्नुभयो– ‘अबको लडाई विकास र समृद्धिको लडाई हो । विकासका लागि दंगाली जनता फेरि एकपटक एकजुट हुन जरुरी छ । जसरी दाङ राजधानी ल्याउँदा सँगै थियौं ।’ लुम्बिनी प्रदेशको नेतृत्व गर्दा दाङमा थुप्रै विकासका काम भएको र बीचमै सरकार ढल्दा अरु काम अधुरा हुन पुगेको भन्दै अधुरा कामलाई पूर्णता दिन सबैको साथ सहयोगको अपेक्षा गर्नुभयो ।

रोल्पाली समाज दाङका अध्यक्ष मदन वलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत हर्कबहादुर खत्री र सहजीकरण भिमसेन डिसीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस