नेकपा एमालेका महाचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेल गोरक्ष वैद्धिक गुरुकुल चौघेरामा बटुकहरुसँग । बटुकहरुको स्वस्ति वाचनपछि गुरुकुल सञ्चालन, अवस्था र गुरुकुलको विकासका लागि गर्नुपर्ने कामका विषयमा गोरक्ष मठाधिस सुरतनाथ योगी, गुरुकुलका अध्यक्ष प्रकाश भट्राई, नेकपा एमाले दाङ निर्वाचन क्षेत्र नं. २(१) का उम्मेदवार बलिभद्र राना, स्थानीय जनप्रतिनिधि, नेकपा एमालेका नेताहरु, सर्वसाधारणवीच छलफल भएको थियो ।

