घोराही, ३ कात्तिक । नेकपा एमालेका महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेलले विकास र समृद्धिको अगुवाई गरेकैले एमालेलाई फेरि देशको नेतृत्व गर्ने जिम्मेवार आउने बताउनु भएको छ ।

गोरक्षनाथ वैदिक गुरुकुल चौघेरामा विहीवार आयोजित भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोख्रेलले नेतृत्व गर्ने जिम्मेवारी पाउँदा एमालेले देश विकास र समृद्धिको अगुवाई गरेकाले जनताले अवको नेतृत्वको जिम्मेवारी पनि एमालेलाई दिने बताउनुभएको हो । आफू सञ्चारमन्त्री हुँदा नै गोरक्ष रत्ननाथ अंकित टिकट प्रचलनमा ल्याएको स्मरण गर्दै पोख्रेलले एमाले नेतृत्वमा हुँदा काम गरेर देखाएको बताउनुभयो । देशको आफ्नै स्याटलाईटको सुरुआत गर्‍यौं । समुद्रमा नेपालको पनि अधिकार छ भन्ने स्थापित गर्‍यौं । आफ्नै रेल सञ्चालन गर्‍यौं ।

गुमेको भुभाग देशकै नक्सामा समाहित गर्‍यौं महासचिव पोख्रेलले भन्नुभयो– राष्ट्र, राष्ट्रियता, विकास र समृद्धिको सुरुआत गरेका छौं । बिचमै सरकार ढल्दा थुप्रै काम अधुरा छन । अव देशको नेतृत्व गर्ने र विकास हुन्छ भने एमालेले नै गर्छ भन्ने विश्वास जनतामा परिसकेको छ ।लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनु भएका पोख्रेलले बिचमै सरकार ढलाउँदा विकासका काम अलपत्र परेको सबैलाई जगजाहेर रहेको भन्दै उहाँले एउटा बलियो राजनीतिक शक्तिको निर्माण गरेर एकल बहुमतको बलियो सरकार निर्माण जरुरी रहेको बताउनुभयो । एमालेले नेतृत्व गर्दा गुमेको प्रदेश राजधानी दाङ फर्कायौं तर अहिलेसम्म कार्यान्वयन हुन नसक्नु एमाले सरकार ढलाइनु नै मुख्य कारण हो । गठवन्धन सरकारले ल्याएको राजधानी पनि कार्यान्वयन गर्न चाहेन– पोख्रेलले भन्नुभयो ।

पार्टीका अध्यक्ष केपी शर्मा ओली आफै देशका ऐतिहासिक, पुरातात्विक सम्पदाका बारे जानकार र यस विषयमा रुचि राख्ने भएकाले गोरक्षरत्ननाथ जस्ता देशका ऐतिहासिक, पुरातात्विक सम्पदाको संरक्षणमा एमाले त्यतिकै जिम्मेवार रहेको बताउनुभयो । उहाँले गोरक्ष मठ दाङकोमात्र नभई नेपाल–भारतको सम्वन्ध स्थापित गर्ने साँस्कृतिक धरोहर र आधार भएको बताउनुभयो । एतिहासिक सम्पदा देशकै सम्पदा भन्दै उहाँले यस्तै मौलिक धरोहरमा आधारित विकासलाई जोड दिने नेता पोख्रेलको भनाई थियो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा दाङ निर्वाचन क्षेत्र नं. २ (१) का उम्मेदवार बलिभद्र रानाले गोरक्षरत्ननाथको महत्व उजागर गर्न यसलाई धार्मिक धरोहरकोरुपमा थप विकास गर्न आफूले भूमिका खेलीरहेको बताउनुभयो । म यही पढेको विद्यार्थी हुँ । यसलाई बुझेको पनि छु रानाले भन्नुभयो– गोरक्ष मठलाई नजिकबाट बुझेकालाई नै नीति निर्माण तहमा पुर्‍याउँदा यसको विकासमा थप टेवा पुग्नेछ । सो अवसरमा बोल्दै नेपाल स्वयंसेवक संघका केन्द्रीय अध्यक्ष खेमराज पौडेलले देश, राष्ट्रियताको रक्षा, नाकावन्दीको प्रतिवाद, देशको गुमेको भूभाग फिर्ता गर्ने आँट एमालेले गरेकाले जनताले साथ दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय राजनीतिमा भूमिका खेल्ने उम्मेदवारलाई जनताको साथ रहने बताउनुभयो ।गोरक्षनाथ वैद्धिक गुरुकुलका बटुकको स्वस्ति पाठबाट सुरु भएको कार्यक्रममा गोरक्ष मठका मठाधिस सुरतनाथ योगीको अध्यक्षता तथा सहजीकरण गुरुकुलका अध्यक्ष प्रकाश भट्राईले गर्नु भएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस