दाङ देउखुरी, ५ असोज । नेकपा एमालेका उम्मेदवार आफ्ना एजेण्डा लिएर मतदाताको घरमा पुगेका छन् । दाङ निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य उम्मेदवार शान्ता चौधरी, प्रदेश सभा सदस्य(१)का उम्मेदवार गंगाराम भट्टराई र प्रदेश सभा सदस्य (२)का उम्मेदवार कुलबहादुर केसी मतदाता भेट्न गाउँ पुग्नु भएको छ ।

गाउँमा पुग्दा मतदाताको रोजाइमा एमालेको उम्मेदवार परेका छन् । जेष्ठ मतदाताको आशिर्वाद र युवा मतदाताको साथ लिएर घर घरमा पुग्ने काम भइरहेको नेकपा एमाले क्षेत्र नं. १ निर्देशक कमिटिका संयोजक रेवतीरमण शर्माले जानकारी दिनुभयो । ‘पार्टीले बनाएको योजनाको आधारमा मतदाता भेटघाट गर्ने काम भइरहेको छ’ उहाँले भन्नुभयो–‘यो अभियान निरन्तर चलिरहन्छ ।’ एमाले सरकारको पालामा प्रदेशको स्थायी राजधानी देउखुरी तोकिनु नै यहाँको विकास र समृद्धिको जग बसाउने काम भएको छ । सडक पूर्वाधार, राप्ती नदीमा पक्कि पुल, हुलाकी सडक, ट्रमा सेन्टर लगायत ठूला आयोजनानै यहाँको विकासको जग बनेका हुन् । अबको एजेण्डा रोजगारी सृजना, शिक्षा, स्वास्थ्य, कृषि, पशु पालन लगायत हुन् ।एमाले महासचिव शंकर पोख्रेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा राजधानी तोकिनुनै यहाँको विकासको लग बसाल्ने कार्य भएको भन्दै देउखुरीका मतदाताले भोट मार्फत धन्यवाद ज्ञापन गर्ने योजनामा छन् । ‘कसैले गर्न नसक्ने आँट मुख्यमन्त्री शंकर पोख्रेलले गर्नु भयो । हाम्रो देउखुरीमा राजधानी बस्यो’ गढवाको पर्सीया निवासी ध्रुब बुढाथोकीले भन्नुभयो–‘राजधानीका कारण यहाँको मुहार फेरिने निश्चित छ ।’ वर्तमान सरकारले राजधानी कार्यान्वयमा उदासिन छ ।

एमालेको नेतृत्वमा बन्ने सरकारले राजधानीको पूर्ण कार्यान्वयन गर्न सक्ने भएकाले मतदाातको रोजाइएमा एमालेका उम्मेदवार पर्न थालेका हुन् । शनिबार क्षेत्र नं. १ अन्तरगत दुवै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रचारप्रसारको कार्यक्रम भइरहेको छ । वडा कमिटी, टोल कमिटी परिचालित छन् भने उम्मेदवारहरु पनि जनभेटघाटमा व्यस्त छन् ।

यसैगरी लमही नगरपालिका वडा नं. ७ मा वडा स्तरीय निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको छ । एमाले पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार शान्ता चौधरी, नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्मा, प्रदेश कमिटी सदस्य नारायण डिसी छम्पाली लगायतको उपस्तिथिमा कार्यालयको स्थापना गरिएको हो ।क्षेत्र नं. १ अन्तरगत लमही नगरपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, राप्ती गाउँपालिका, घोराही उपमहानगरपालिका वडा नं. १, २, ३ र ५ पर्छन् । यी क्षेत्रमा प्रचारप्रसार व्यापक बन्दै गएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस