दाङ, ५ कात्तिक । दाङको मौसम विस्तारै चिसिदै गइरहे पनि दाङमा चुनावी सरगर्मी भने तातिदै गएको छ । मंसिर ४ नजिकिदै गर्दा दलका उम्मेदवारहरुले मतदाता भेटलाई तिब्रता दिन थालेका छन् । दाङ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेकपा एमालेका महासचिव शंकर पोख्रेल टोल टोलमा पुग्नु भएको छ ।घोराही उपमहानगरका विभिन्न टोलमा पैदलै मतदाता भेट्ने र सुझाव लिने काममा पोख्रेललाई यतिबेला भ्याइ नभ्याई छ । शनिवार बिहानै घोराही–१४ को जनचेतना र लालीगुराँस टोलमा भेटिनु भएका पोख्रेलले साप्ताहिक टोल सरसफाईमा रहेका मतदाताहरुसँग भलाकुसारी गर्नुभयो । ‘बिहान सरसफाईकै क्रममा थियौं महासचिव हाम्लाई भेट्न आउनुभयो’ जनचेतना टोल घोराही–१४ का अध्यक्ष देवीराम न्यौपानेले भन्नुभयो–’हामीले शुभकामना दिएका छौं । घर टोलमै भेट्न आउनेलाई कस्ले सम्मान नगर्ला र ? हामी खुशी छौं ।’   लुरुलुरु टोलमै भेट्न आएपछि लालीगुराँस टोलका मतदाताहरुले पनि पोख्रेललाई जितको अग्रीम शुभकामना दिए । ‘हामी त झाडुसँग सरसफाईमा छौँ आउनुभयो राम्रै भयो’ लालीगुराँस टोलकी अध्यक्ष जीवा दाहालले भन्नुभयो–’हाम्रो तपाईलाई जीतको शुभकामना छ ।’ टोल सरसफाईमा सहभागी टोलवासीले पोख्रेलाई जीतको अग्रीम शुभकामना दिए । सडकमै उभिएर फोटो सेसनसमेत गरेका थिए ।चुनावी तयारीमा जुट्नुभएका पोख्रेललाई निर्वाचन क्षेत्रका विभिन्न टोलबाट भेटका लागि निमन्त्रणा आइसकेको चुनावी नेतृत्व गर्नु भएका एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो । क्रमैसँग सबै मतदातालाई भेट्ने कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो । भेटका क्रममा उम्मेदवार तथा एमाले महासचिव पोख्रेलले भन्नुभयो–’दाङको विकास राष्ट्रिय रुपमै कसले भूमिका निभाउन सक्छ भन्ने तपाईहरुलाई थाहै छ । चासो राख्नु भएकै छ । तपाईहरुको चासो, चिन्ता र शुभेच्छालाई आत्मसात गर्नेछु ।’

टोल भेटघाटमा भेटिएका सबैजसोले पोख्रेललाई गुमेको राजधानी दाङ ल्याएकोमा धन्यवाद ज्ञापन गरेका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस