दाङ, १३ कात्तिक । आफ्ना पिताको वार्षिक तिथिको अवसर पारी घोराही १७ का भुसाल परिवारले घोराहीका अग्निपीडित व्यवसायीलाई सहयोग गरेका छन् । स्वर्गीय पिता मुक्तिराम भुसाल खत्रीको वार्षिक तिथिको अवसरमा उहाँको परिवारले नगद ३९ हजार ५ सय ७५ रुपैयाँ र २५ हजार बराबरको कच्चा पदार्थ गरी ६४ हजार ५ सय ७५ रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।

भुसाल परिवारले अग्निपीडित व्यवसायी दाजुभाइ फर्निचर उद्योग र न्यू दाजुभाइ फर्निचर उद्योगका सञ्चालकहरु तेजा ठाकुर र रुपनारायण ठाकुरलाई सहयोग रकम उपलब्ध गराएको थियो । निरुता कलर सेन्टरका सञ्चालक कमल भुसाल, जानुका किरानाका सञ्चालक प्रेमलाल भुसाल, अटो कन्सर्नका सञ्चालक दुर्गा भुसाल, आशिष् फर्निचर उद्योगका सञ्चालक ओमप्रसाद कालाथोकी र नुमा कालाथोकी, एमएस सप्लायर्सका सञ्चालक लिला महरा र देवा थापाले संयुक्त रुपमा सहयोग रकम उपलब्ध गराउनुभएको थियो ।

गत सोमबार ७ गते लक्ष्मीपूजाका दिन घोराहीका ४ वटा फर्निचर पसलमा आगलागी हुँदा ७ करोड बढीको क्षति भएको थियो । फर्निचर पसलमा आगलागी हुँदा व्यवसायीहरुको पसलमा रहेको नगद तथा सम्पूर्ण सामानहरु जलेर नष्ट भएका थिए ।

सहयोग उपलब्ध गराएकोमा दाताहरुलाई पीडित व्यवसायीहरुले आभार व्यक्त गरेका छन् भने अन्य सहयोगी दाताहरुमा व्यवसाय सञ्चालनका लागि टहरा मात्र भए पनि निर्माण हुनेगरी सहयोग गरिदिन अपिल गरेका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस