तुलसीपुर, १३ कात्तिक । तुलसिपुर ८ का महिलाहरुले आफ्ना मुद्दा सुनुवाइका लागि महिलाको नेतृत्व स्थापित हुनु पर्ने बताएका छन् । मंसिर ४ मा हुन लागेको संघ र प्रदेश निर्वाचनका लागि काेमल वलीलाई जिताउने उनीहरुले बताएका हुन् ।

महिलाहरु घरदेखि बाहिरसम्म काम गर्नुपर्ने भएकोले महिलाहरुकाे उद्यमशीलताका लागि महिला नै आउनुपर्ने भएकोले आफूहरुले यो पालि काेमल वलीलाई सहयाेग गर्ने बताए ।

साे अवसरमा नेकपा एमाले उम्मेदवार काेमल वलीले जनताकाे माग अनुसार काम गर्ने नीति एमालेले ल्याएकाे भन्दै प्रदेश हुँदै संघसम्म एमालेलाई जिताउन आग्रह गर्नुभयाे । नागरिकहरुकाे माग अनुसार बिकट बस्तिकाे बिकासका लागि आफू कुनै कसर नराखी माग पूरा गर्न लागि पर्ने प्रतिबद्धता जनाउनुभयाे ।

बर्षाै सम्म बन्न नसकेकाे भमके खाेला र बाैला खाेलाकाे पुलका लागि आफुले बजेट छुट्याई याेजना सफल पार्ने भन्दै हरेक तहमा एमाले उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयाे ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस