दाङ, १३ कार्तिक । आगामी मंसिर ४ गते हुन लागेको प्रदेशसभा र प्रतिनीधिसभाका उम्मेदवारहरुले मतदातालाई आफ्नो पक्ष पार्न थालेका छन् । उम्मेदवारहरुले मतदाताको घरदैलोमा पुगेर परम्परागत रुपमा भोट माग्ने शैलीलाई बदल्न थालेका हुन् ।

चुनाबी सभा, कोणसभा तथा घरदैलो गर्ने गरेका उम्मेदवारहरुले भोट माग्नका लागि नयाँ शैली अपनाउन थालेका छन् ।प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि असोज २३ गते उम्मेदवारी दिएका उनीहरुले मतदातालाई फकाउन थालेका हुन् ।

यसैक्रममा नेकपा एमालेका तर्फबाट दाङ निर्बाचन क्षेत्र नम्बर ३ (२) बाट उम्मेदवार बन्नु भएका हुकुम बस्नेतले आइतबार तुलसीपुर २ सुन्डबरीमा धान काटेर भोट माग्नुभएको छ । उहाँले तुलसीपुर २ कुइरेपानी निबासी पुर्णबहादुर चौधरीले धान खेती गर्नुभएको खेतमा धान काटेर भोट माग्नुभएको हो । चौधरीको खेतसँगै रहेको मोहनलाल गिरीको खेतमा पनि उम्मेदवार बस्नेतले धान काटेर भोट माग्नुभएको थियो ।

उहाँहरुले धान काटेपछि किसान दंग भएका थिए । ‘हामी पनि किसानका छोराहरु हौँ धान काट्न हामीलाई पनि आउँछ, तपाई‌हरु ढुक्क हुनुस् हामीलाई सूर्यमा भोट दिएर जिताउनुस्’ बस्नेतले भन्नुभयो ।

नेकपा एमालेले कार्तिक १ गतेदेखि दंगीशरण २ बाट घरदैलो अभियान सुरु गरेको थियो । अभियानका क्रममा नेकपा एमालेको टोली आइतबार तुलसीपुर २ मा पुगेको थियो । नेकपा एमालेका तर्फबाट निर्बाचन क्षेत्र नम्बर ३ (२) मा जिल्ला अध्यक्ष समेत रहनुभएका हुकुम बस्नेत प्रदेशसभाका उम्मेदवार हुनुहुन्छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस