दाङ, १६ कात्तिक । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष इन्दिरा श्रेष्ठले नागरिकको मन परेको प्रतिनिधि चुन्ने र जनताबाट चुनिन पाउने अधिकारको रक्षाको लागि भुमिका खेल्न निर्बाचन प्रबेक्षकहरुलाइ आग्रह गर्नु भएको छ ।

लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका जिल्ला प्रतिनिधि तथा निर्वाचन पर्बेक्षकहरुका लागि नेपालगन्जमा बुधबारदेखि सुरु भएको दुईदिने अभिमुखिकरणको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले यस्तो आग्रह गर्नु भएको हो ।

मन परेकोलाइ चुन्ने र चुनिन पाउने अधिकार सबैलाई छ । यो लोकतन्त्रको सुन्दर पक्ष हो अध्यक्ष श्रेष्ठले भन्नुभयो-आफुले चुनेका प्रतिनिधिबाट शासित हुने अधिकारको प्रत्याभूतिको बतावरण सबैले बनाउनुपर्छ । उहाँले निर्बाचनबाट आफ्नो प्रतिनिधि निस्पक्षरुपमा चुन्ने बाताबरणका लागि प्रतिबद्ध भयर लाग्न पर्बेक्षकहरुलाइ निर्देशन दिनुभयो ।

मानव अधिकारको दृस्टीले यो निर्वाचन महत्वपूर्ण छ । आफ्ना प्रतिनिधि आफै चुन्ने विषय खेलाचिको विषय होइन,अध्यक्ष श्रेष्ठले भन्नुभयो( मंसिर ४ को निर्वाचन स्वतन्त्र, निस्पक्ष र जनसहभागितामुलक बनाउनुपर्छ । नागरिकको राजनितिक अधिकारको उल्लंघन हुन नदिन इन्सेकले २०४६ सालदेखी लगातार निर्वाचनको पर्वेक्षण गरिरहेको उल्लेख गर्दै उहाले मंसिर ४ को निर्वाचनलाई मितव्ययी, स्वतन्त्र, भयरहित र शान्तिपुर्ण बनाउनेतर्फ कटिबद्ध भएर लाग्न आग्रह गर्नुभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो(निर्वाचन स्वतन्त्र भयो कि भयनरु निस्पक्ष भयो कि भयनरु अपाङ्गमैत्री छ कि छैन र महिला ज्येष्ठ नागरिकको पहुँच छ कि छैन माइक्रो लेवलबाटै हेर्नुस ।

कार्यक्रममा बोल्दै इन्सेकका कार्यकारी निर्देशक बिजयराज गौतमले निर्वाचनलाई शान्तिपुर्ण बनाउन पर्वेक्षकको भुमिका महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । पर्वेक्षकले निर्वाचनपुर्ब, मतदानको समय र मतदानपछिको अबस्थाको पर्वेक्षण गर्नुपर्छ निर्देशक गौतमले भन्नुभयो( निर्वाचनमा मानवअधिकारको विषयलाई जिम्मेवारपुर्बक हेर्नुस ।

उहाले इन्सेकले मानवअधिकार र सामाजिक न्यायका लागि ३ दशक बितायको उल्लेख गर्दै निर्देशक गौतमले आवधिक निर्वाचनलाई मानवअधिकारको मुख्य अंगको रुपमा लिएको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी, कर्णाली र सुदुरपस्चिम प्रदेशका जिल्लाप्रतिनिधी, जिल्ला सहजकर्ता तथा पर्वेक्षक, प्रदेश प्रमुख, डकुमेन्टेशन अफिसरलगायतको सहभागिता छ । कार्यक्रमको सहजीकरण इन्सेक लुम्बिनी प्रदेशका प्रमुख भोला महतले गर्नुभएको थियो । कार्यक्रममा डा कुन्दन अर्याललगायतले प्रशिक्षण दिनुभयको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस