दाङ, २० कात्तिक । नेकपा एमालेका महासचिव एवम् दाङ निर्वाचन क्षेत्र न. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेलले दाङको गुठी समस्या समाधान गर्न एमाले सरकार आवश्यक रहेको बताउनुभएको छ । नेकपा एमाले घोराही- ४ ले आइतबार झिँगौरामा आयोजित चुनावी कार्यक्रममा बोल्दै महासचिव पोख्रेलले एमालेले मात्रै गुठी समस्या समाधान गर्ने बताउनुभयो ।

‘केपि ओलि नेतृत्वको एमाले सरकारले गुठी समस्या समाधान गर्न गुठी ऐन संशोधनका लागि विधेयक ल्यायकै थियो तर काठमाडौमा बिरोध आएपछि समस्या भयो’ महासचिव पोखरेलले भन्नुभयो- ‘यो समस्या बुझेरै एमालेले ऐन संशोधनको प्रयास गरेको हो । फेरि एमाले सरकार बन्छ अनि गुठी किसानहरुको समस्या हल हुन्छ ।’ महासचिव पोखरेलले एमाले सरकारमा गए काठमाडौँको गुठी समस्या अलग हिसाबले समाधान गर्ने बताउनुभयो । उहाँले दाङलगायत देशभरको गुठी समस्या पनि एमाले सरकारले समाधान गर्ने धारणा राख्नुभयो ।

उहाँले एमाले सरकारले देशको सबै भूमि सम्बन्धी समस्या समाधन गर्ने बताउनुभयो । ‘गुठी समस्या मात्रै होइन सबै भूमि समस्या समाधान एमाले सरकारले गर्छ’ पोखेरलले भन्नुभयो ‘देश र जनताको भाग्य र भविष्य निर्माणको अभियानमा एमाले लागेको छ । यस अभियानलाई सफल बनाउने अवसर मंसिर ४ हो ।’ मंसिर ४ परमादेशी सरकरको बिदाइ र जनादेशको सरकारको स्वागत गर्न जनता आतुर रहेको पोख्रेलले बताउनुभयो । उहाँले दाङको भविष्य बनाउन प्राबिधिक शिक्षा, सिंचाइका लागि कृत्रिम जलाशय, भाइरल रोडलगायत थुप्रै विकास गरेको बताउनुभयो ।

पोखरेलले गुमेको प्रदेश राजधानी फर्काउने, दाङ-प्युठान सडक कालोपत्रे, दाङ-होलेरी-डोल्पा शहिदमार्ग, अमेलिया-तुलसिपुर-सल्यान तथा दाङ-सुर्खेत र बबई -कोहलपुर सडक निर्माण भइरहेको स्मरण गरेकोे बताउनुभयो । नेता पोखरेलले राजनीतिक बजार बन्द हुने डरले केही दलहरुले गठवन्धन गरेको भन्दै स्वार्थहरुको झुन्ड धेरै नटिक्ने बताउनुभयो ।

सो अवसरमा जनगायक बद्री पङ्गेनीले देशको विकाश र दाङ्को समृद्धिका लागि शंकर पोखरेललाइ जिताउन गीतमार्फत अपिल गर्नुभयो । उपस्थित नागरिकहरु जनगायक पङ्गेनीका गीतमा नाचेका थिए । सो अवसरमा स्थानीय बिरु चौधरीले गाउँको अवस्थाबारे जानकारी दिनुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस