दाङ, ५ मंसिर । दाङ क्षेत्र नं. ३ को प्रतिनिधिसभा प्रत्यक्ष तर्फको मतगणनामा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले प्रारम्भिक अग्रता लिनुभएको छ । ६ सय मत गणना हुँदा वलीले २ सय ४३ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका दीपक गिरीले २ सय २८ र राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले ८६ मत प्राप्त गर्नुभएको छ ।


