दाङ, १३ मंसिर । अनेरास्ववियु दाङले संगठनका केन्द्रीय सचिवालय सदस्य चेतन एडीको हत्यामा संलग्नहरुमाथि कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय दाङमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

अनेरास्ववियु दाङका अध्यक्ष सर्जन परियारको नेतृत्वमा गएको विद्यार्थीहरुको टोलीले दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई पाँच वुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा
मृतकका परिवारका तर्फबाट सप्रमाण किटानी जाहेरी दिएकाहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने, परिवारका सदस्यलाई उचित क्षतिपुर्ति र भरणपोषणसहित चेतन एडीको सन्तानलाई उच्च

शिक्षा सम्मको पढाईको जिम्मा नेपाल सरकारले लिनुपर्ने, न्यायका निम्ति शान्तिपूर्ण दवाब कार्यक्रम गर्दा पक्राउ गरी झुटा मुद्दा लगाइएका अनेरास्ववियु बाजुरा जिल्ला अध्यक्षसहितका नेता कार्यकर्ताहरुलाई तत्काल मुद्दा खारेज गरी विना शर्त रिहाई गरिनुपर्ने, दिवंगत चेतन ऐडीलाई सहिद घोषणा गरिनुपर्ने र चेतन ऐडीको स्मृतिमा पार्क निर्माण गरिनुपर्ने उल्लेख गरिएको छ ।

मंसिर ४ गते बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–७ मा मतदान सम्पन्न भएपछि मतदान स्थलमा भएको विवादलाई विषयान्तर गरी नेपाली कांग्रेसलगायत सत्ता गठबन्धनका कार्यकताहरुले घरमा सुतिरहेको अवस्थामा कुटपीट गरी विभत्स हत्या गरेको अनेरास्ववियुले जनाएको छ ।
अनेरास्ववियुले घटना भएको ९ दिन वितिसक्दा पनि घटनामा संलग्नहरुलाई पक्राउ नगरिएको र उल्टै संरक्षण गरिएको भन्दै सुनुवाई नभए अनेरास्ववियु कडा आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस