दाङ, १४ फागुन । घाेराही उप-महानगरपालिका वडा नम्वर ७ काे आयाेजनामा आज शनिवार बालमैत्री अभियानका बारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

वडा अध्यक्ष खाेपिराम चाैधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बालमैत्री सहजकर्ता दुर्गालाल केसी र घाेराही उ.म.न.पा.का अधिकृत प्रेम केसीले टाेल विकास संस्थाले बालमैत्री अभियानमा खेल्नसक्ने भूमिका, बालक्लव र टाेल विकास संस्थाकाे सम्बन्ध,सामाजिक अभियानमा टाेल विकास संस्थाकाे परिचालन लगायतका विषयमा प्रशिक्षण दिनुभएकाे थियाे ।वडा सदस्य छन्द बहादुर केसीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रममा वडा सदस्य सुशीला चाैधरी, गाेमा नेपाली, सहभागी माधव शर्मा लगायतले बालमैत्री र टाेल विकास संस्थाका बारेमा धारणा राख्नुभएकाे थियाे । कार्यक्रमकाे सहजीकरण वडा कार्यालयका कर्मचारी विमल याेगीले गर्नुभएकाे थियाे ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस