दाङ, १५ फागुन । घोराही उपमहानगरपालिका वडा नं. ९ मा विभिन्न पार्टी परित्याग गरी ७१ जना एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरु अधिकांश माओवादी निकट छन् भने केही नेपाली काँग्रेस र राप्रपा कार्यकर्ता रहेका छन् ।
नेकपा एमाले घोराही ९ को वडा कमिटीले आयोजना गरेको टोल कमिटी गठन तथा पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले नवप्रवेशीहरुलाई टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । किसान महासंघका प्रदेस सदस्य बोधिकिरण महरालगायतको पहलमा विभिन्न पार्टी परित्याग गरी उनीहरु एमाले प्रवेश गरेका थिए ।
नेकपा एमाले ९ नं. वडा अध्यक्ष झग्गु गौतमको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, प्रदेश कमिटी सचिवालय सदस्य टीकाराम खड्का, जिल्ला कमिटी उपसचिव कृष्ण भुसाल, प्रदेश कमिटी सदस्य तुलसा केसी, जिल्ला कमिटी सदस्य मानबहादुर बस्नेत, सुदन केसी, पशुपति चौधरी, घोराही नगर कमिटी अध्यक्ष भुवन चौधरीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
युवा संघ प्रदेश २ ख का संयोजक हरपल केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन किसान महासंघका प्रदेस सदस्य बोधिकिरण महराले गर्नुभएको थियो ।












