युवराज खनाल

दाङ, ९ चैत । नेकपा एमाले घोराही उपमहानगरपालिका १७ को वडा कार्यालय उद्घाटन गरिएको छ । ‘म जिताउँछु मेरो वडा’ भन्ने मूल नाराका साथ घोराही उपमहानगरपालिका वडा नं. १७ चौघेरामा वडा कमिटीले वडा कार्यालय स्थापना गरेको हो ।

उद्घाटन कार्यक्रम घोराही उपमहानगरपालिका वडा नं. १७ का वडा कमिटी अध्यक्ष दुर्गा खत्रीको अध्यक्षता तथा नेकपा एमाले दाङ जिल्ला सदस्य तथा स्कुल विभाग प्रमुख विवेक श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले नेकपा एमाले सरकारमा भएकाे बेला राम्रा कामहरू गरेको देखेर पार्टीप्रति जनताको क्रेज बढ्दै गएको बताउनुभयो । एमालेप्रतिको क्रेज देखेर अहिले अन्य पार्टीहरु अत्तालिएको उहाँको भनाइ थियो । एमालेलाई फुटाउनका लागि केही देशिविदेशि शक्तिको प्रयोग भए पनि पार्टी अझ एकताका साथ अघि बढेको श्रेष्ठले बताउनुभयो ।

पार्टी फुटको नाममा केही व्यक्ति चोइटिए पनि त्यसको कुनै अर्थ नरहने उहाँले बताउनुभयो । अबको चुनावमा पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित गर्न सबै नेता कार्यकर्ता लाग्नुपर्ने उहाँको धारणा थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस