दीपक गौतम
दंगीशरण गाउँपालिका वडा नं. ५ वडाध्यक्षका उम्मेदवार
नेकपा माओवादी केन्द्र

चुनावी तयारी के छ ?
हामीले जनभेटघाटको कार्यक्रम सकिसकेका छौं । जनतालाई भेटेर आफना एजेण्डा राख्ने र उहाँहरुका समस्या सुन्ने काम गरिरहेका छौं । घरदैलो, भेटघाट, पार्टीका बैठक, समुहगत छलफल, आमसभाका कार्यक्रम गरिएको छ । हामी नतिजा आफ्नो पक्षमा पार्नका लागि काम गरिरहेका छौं ।

तपाईको उम्मेदवारी किन ?
मुख्य कुरा यो परिवर्तनलाई बचाउन मेरो उम्मेदवारी हो । हामीले देशलाई गणतन्त्रमय बनायौं । धर्मनिरपेक्षता ल्यायौं । संघीय राज्य व्यवस्था स्थापित गर्यौ । समावेशी, समानुपातिक प्रणालीको विकास गरेका छौं । समग्रमा संविधान निर्माण गरेर देशलाई अग्रगमनतर्फ लगेका छौं । त्यसो भएर हाम्रो उम्मेदवारी परिवर्तनलाई जोगाइ राख्नका लागि मेरो उम्मेदवारी हो । व्यवस्था बलियो अव अवस्था बदल्न हाम्रो उम्मेदवारी हो ।

अवस्था बदल्न के काम गनुहुन्छ त ?
हामीले वितेको पाँच वर्षदेखि नै जनताको अवस्था बदल्ने कामको सुरुवात गरिसकेका छौं । जनताका घरदैलोमा सडक पुरयाएका छौं । सिंचाई कुलो पुरयाएका छौं । सडक कालोपत्रे गरेका छौं । कच्ची सडक ग्रावेल गरेका छौं । विद्युत पुरयाएका छौं । तर सेवा सुविधा पुर्याए पनि जनताको आर्थिक अवस्था सुधारका काम गर्न अझै बाँकी छ । सडक कालोपत्रे गरिएको छ । त्यसमाथि चलाउने गाडी किन्ने जनताको हैसियतमा पुर्याउन काम गर्नुपर्नेछ । विद्युत पुगेको छ तर त्यसलाई उद्यमसँग जोड्नुपर्नेछ । कृषिमा आधुनिकीकरण गर्नुपर्नेछ । हामीले कृषि उपकरण वितरणको काम गरेका छौं । सीप दक्षता वृद्धिको काम गर्नुपर्नेछ । मल, विउ, विजनमा सहुलियत प्रदान गर्ने, नागरिकलाई स्वरोजगार बनाउनका लागि उद्यमशिलताको कार्यक्रम ल्याउने, सडक वाटो निर्माण, स्तरोन्नति, शैक्षिक गुणस्तर वृद्धि, प्राविधिक शिक्षा कार्यक्रम लागु गर्नेलगायतका थुप्रै कार्यक्रम ल्याउने हाम्रो योजना छ ।

मतदातालाई केही भन्न चाहानुहुन्छ ?
वडावासीले हामीले यसअघि पाँच वर्षका लागि काम गर्ने जिम्मेवारी दिएर पठाउनु भएको थियो । हामीले वितेको पाँच वर्षमा जनताको भावना बुझेर, आवस्यकता सम्वोधनका लागि काम गरेर देखाएका छौं । अझै पनि वडामा विकासका काम गर्न बाँकी नै छ । पहिलो कार्यकालमा हामीले जे गरेर देखाएका छौं । त्यो विकासका आधारको रुपमा लिएका छौ । आधार तयार गरेका छौं । त्यसलाई पूरा गर्ने जिम्मेवारी हाम्रै हो । हामी गर्छौ भनेर फेरि जनतामाझ पुगेका छौं । त्यसैले अधुरा कामलाई पुरा गर्ने कामको जिम्मेवारी दिने तपाई आम मतदाताको हातमा छ । हामीले तपाईहरुको आशा अपेक्षाअनुसारको काम गर्न कटिवद्ध भएर लाग्नेछौं । एक पटक नेतृत्वमा पुरयाउनुहुनेछ भन्ने विश्वास लिएका छौं ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस