मसुरिया देउखुरी, २८ जेठ । प्रेस चौतारी नेपाल दाङ शाखाको पहिलो घुम्ती बैठक राप्ती गाउँपालिकाको मसुरियामा सम्पन्न भएको छ । चौतारी दाङले आफ्नो नियमित बैठक सबै पालिकामा घुम्ती रुपमा गर्ने निर्णय गरेसँगै पहिलो बैठक शनिबार स्थानीय निर्वाचनको समीक्षा गर्दै सम्पन्न भएको छ ।

चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षता एवं प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज टीका बस्नेतको प्रमुख आतिथ्यतामा भएको बैठकले चुनावी समीक्षा गर्दै पार्टीलाई निर्वाचनमा जित दिलाउन थप गतिविधि बढाउनु पर्ने निचोड निकालेको छ । स्थानीय निर्वाचनका क्रममा आएका समस्यालाई सिकाइको रुपमा लिँदै संघ र प्रदेशको चुनावमा जित सुनिश्चित गर्न गतिविधिहरुलाई बढाउनुपर्ने बैठकले निष्कर्ष निकालेको छ ।

बैठकले प्रेस चौतारी राप्ती गाउँ कमिटीको रिक्त रहेको अध्यक्ष पदमा हुमा सुनारलाई चयन गरेको छ । पालिका अध्यक्ष अंशु बोहरा वैवाहिक बन्धनमा बाँधिएर जिल्ला बाहिर गएपछि पालिका अध्यक्ष पद रिक्त भएको थियो ।साथै चौतारी दाङले देउखुरी क्षेत्रका पालिकाबाट नेकपा एमालेबाट प्रतिनिधित्व गरी निर्वाचित भएका जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन तथा सम्मान गरेको छ । चौतारीले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाबाट निर्वाचित जनप्रतिनिधिहरुलाई राप्ती गाउँपालिकाको मसुरियामा सम्मान गरेको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले जनप्रतिनिधिहरुलाई जनतालाई सहज र छिटोछरितो सेवा दिन आग्रह गरेका थिए । साझा रुपमा प्रस्तुत हुन आग्रह गर्दैैै जनताप्रति उत्तरदायी हुनुपर्ने वक्ताहरुको सुझाव थियो ।

कार्यक्रममा राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरी, गढवा गाउँपालिका वडा नं. १ का अध्यक्ष बाबुराम अधिकारी, राजपुर गाउँपालिका वडा नं. १ का अध्यक्ष सूर्य प्रसाद चौधरी, नेकपा एमाले राप्ती गाउँपालिका इन्चार्ज हरि बेल्बासे, प्रेस चौतारीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज टीका बस्नेत, केन्द्रीय सदस्य सन्तोषकुमार गुप्तालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

चौतारी दाङका उपाध्यक्ष प्रेमबहादुर राम्जाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव किरण गौतमले गर्नुभएको थियो । कार्यक्रममा चौतारी दाङका सहसचिव चन्द्र प्रकाश नेपालीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस