दाङ, ७ असोज । दाङको बबई गाउँपालिका–७ डाँडागाउँका कमानबहादुर खत्री १३ महिनादेखि बेपत्ता हुनुभएको छ । २०७८ साल भदौ ४ गते भारतमा कमाउन जाने भन्दै घरबाट निस्किएका खत्री आजसम्म परिवारको सम्पर्कमा हुनुहुँदैन ।

वर्षदिन पुग्दासमेत खत्री कुनै सम्पर्कमा आउन नसकेपछि अहिले घरपरिवार चिन्तित रहेको छ । खत्रीको खोजीका लागि उहाँकी श्रीमती लालमति खत्री जिल्ला प्रहरी कार्यालय दाङसहित महानगरीय प्रहरी परिसर काठमाडौंमा समेत पुगिसक्नुभएको छ ।

तर आजसम्म खत्रीको कुनै पत्तो हुन नसकेको उहाँकी श्रीमति लालमतिले बताउनुभयो । ‘उहाँको खोजिका लागि के-के गरिन,’ शान्ताले भन्नुभयो, ‘सबै ठाउँ पुगिसकियो । धामी, झाँक्री कही पनि बाँकी छैन ।’कमानबहादुर घरबाट भारतको गोवामा जाने भनेर किस्किएको शान्तो जानकारी दिनुभयो । तुलसीपुरसम्म जाँदा सम्पर्क भएको र त्यसपछि कहाँ जानुभयो भन्ने पत्तो नभएको उहाँले बताउनुभयो ।

भारत पुगेपछि मोबाई किन्ने भन्दै कमानबहादुरले मोबाइलसमेत लग्नुभएको थिएन । घरको फोन नम्बर भने लग्नुभएको थियो । तर उहाँले आजसम्म कहिकतै सम्पर्क गर्नुभएको छैन ।

यदि कसैले भेटाएमा नजिकको प्रहरी कार्यालय वा फोन नम्बर ९८१४०६३२४१, ९८१०९५२२०६ मा सम्पर्क गर्न परिवारले आग्रह गरेका छन् । ५१ वर्षीय खत्रीको गहुँगोरो छाला छ भने उचाई करिब ६ फिट रहेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस