अनेरास्ववियु क्याम्पस इकाइ अध्यक्षमा पण्डित

महेन्द्र बहुमुखि क्याम्पस भरतपुर अनेरास्ववियु इकाई अध्यक्षमा सागर पण्डित चयन हुनु भएको छ । बुधवार क्याम्पसमा भएको क्याम्पस इकाइ सम्मेलनले पण्डितलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

इकाइ अध्यक्ष विशाल पुनको अध्यक्षता तथा नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीको प्रमुख आतिथ्यमा भएको सम्मेलनले नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा सविन पोख्रेल, सचिवमा मदनकुमार गौतम, सहसचिवमा शारदा आचार्य र प्रमोद पौडेल, कोषाध्यक्षमा मञ्जु देवकोटा चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा सन्तोष विष्ट, निश्चल चन्द, निराजन चन्द, शिवराज पाण्डे, हिनु कवर, लेखराज गौतम, खिम नेपाली, मनिषा डाँगी, जिवसरा रोका, सुलभ पौडेल, सन्देश भारती, सुसान कार्की, सुशील अधिकारी, इशिका पौडेल र विक्रम अधिकारी चयन हुनु भएको छ ।

सम्मेलनले जीवसरा रोकालाई महिला विभाग प्रमुख, सुलभ पौडेललाई साँस्कृतिक विभाग प्रमुख र सन्देश भारतीलाई खेलकूद विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

स्ववियु चुनावको तयारीमा लाग्नुस : बुढाथोकी

महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत नवआगन्तुक विद्यार्थीहरुको स्वागत कार्यक्रमसमेत गरिएको सम्मेलनलाई सम्वोधन गर्दै प्रमुख अतिथी एवं नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले फागुन १४ मा हुने भनिएको स्ववियुको निर्वाचनको तयारीमा जुट्न विद्यार्थीहरुलाई निर्देशन दिनुभयो ।

शैक्षिक क्षेत्रमा हुने विकृति, विसंगतिका विरुद्ध अनेरास्ववियुले खेलेको भूमिकाको चर्चा गर्दै उहाँले स्ववियुको नेतृत्व गरेर महेन्द्र बहुमुखी क्याम्पसको विकास र यस क्षेत्रको शैक्षिक सुधारमा अनेरास्ववियुले थप भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन यसपालिका हुन लागेकोमा खुशी व्यक्त गर्दै त्यसको तयारीमा जुट्न आग्रह गर्नुभएको थियो ।

अनेरास्ववियु विद्यार्थी संगठनहरुको नेता संगठन भन्दै उहाँले विद्यार्थीहरुका हरेक समस्या समाधानमा ध्यान दिन पनि आग्रह गर्नुभयो । शैक्षिक आन्दोलनमात्रै होइन अनेरास्ववियु राष्ट्रियताका सवालमा पनि उत्तिकै खरो उत्रिदै आएको छ बुढाथोकीले भन्नुभयो– शैक्षिक, राजनीतिक र राष्ट्रियताको सवालमा देखाएको नेतृत्वदायी भूमिकालाई अनेरास्ववियुले काम राख्दै जानुपर्छ ।

कार्यक्रममा विशिष्ट अतिथी एवं नेकपा एमालेका स्कुल विभाग प्रमुख विवेक श्रेष्ठले विद्यार्थीहरुको अधिकार स्थापित गर्न स्ववियु निर्वाचन आवस्यक रहेको भन्दै यसपालि जसरी भएपनि निर्वाचन गर्न माग गर्नुभयो । उहाँले विद्यार्थीका अधिकार, शैक्षिक विकृति रोक्नका लागि भूमिका खेल्न साझा संस्था स्ववियु लामो समयसम्म नहुँदा शैक्षिक सुधारमा समस्या भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख भरतराज न्यौपानेले विद्यार्थीहरुलाई अनुशासित भएर शिक्षा हासिल गर्न आग्रह गर्नुभयो । कार्यक्रममा अनेरास्ववियु दाङका संयोजक सर्जन परियार, केन्द्रीय सदस्य विराज डिसीलगायतले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा नवनिर्वाचितलाई शुभकामना तथा बधाई ज्ञापन गर्नुभएको थियो ।

सो अवसरमा सुलभ पौडेल, निक्कु ओली, पुष्पा बुढाथोकी, इशिका पौडेल, जीवन डाँगी, सरोज पुरी, मनिषा डाँगी, प्रकाश घिमिरे, अनुषा ओलीलगायतले नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन बसन्त भण्डारीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस