घोराही । निर्वाचनमा पराजयको भय भएपछि घोराहीमा माओबादी कांग्रेस तल्लो स्तरमा उत्रीएका छन । चुनाव प्रचारका क्रममा घरमा जाने, फोटो खिच्ने अनि पार्टी प्रवेश ग¥यो भनि प्रचार गर्ने काम घोराही गरीएको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ जिल्लाका राजनितीक क्षेत्रमा यतिवेला अभिभावकको भूमिका निर्वा गर्दै हुनुहुन्छ । उहाँका दाजु देवी पोखरेल एमालेका संस्थापक तथा प्रदेश कमिटीका सचिवालय सदस्य हुनुहुन्छ । तर देवी पोखरेलकै छोरा अभिवादन पोखरेललाई शनिवार विहान कार्यक्रम छ भनी बोलाएर, फोटो खिची नेपाली कांग्रेसमा प्रवेश ग¥यो भनी प्रचार गरेकोमा अभिवादन पोखरेलले दुःख व्यक्त गर्नु भएको छ ।

शनिवार अपह्रान्न विज्ञप्ति निकाली उहाँले आफू नेकपा एमालेको प्रतिबद्ध कार्यकर्ता भएको सिङ्गो परीवार नेकपा एमालेको राजनितीमा होमीएको र सधैभरी नेकपा एमालेमै प्रतिबद्ध हुने बताउनुभएको छ । उहाँले नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियाशनलाई विज्ञप्ति हस्तान्त्रण गर्दै गठबन्धनले यतिबेला यस प्रकारमा गलत कार्य गरीरहेकोमा जनतालाई सचेत बनाईदिनुहुन समेत संचार माध्यमको तर्फबाट अनुरोध गर्नुभएको थियो ।

यस अघि घरमा भोट माग्न जानेक्रममा यस क्षेत्रका चर्चित बामपन्थी नेता जिवन गौतमसँग फोटो खिचेर गठबन्धनको तर्फबाट आफूहरुसँग प्रचारमा पहिडेको भन्दै प्रचार गरेपछि उहाँले पनि विज्ञप्ती निकालेर विरोध जनाउँदै गलत प्रचार नगर्न चेतावनी दिनुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस