दाङ, १ माघ । बाह्रकुने दहमा लागेको माघी मेलामा सञ्चालित स्वास्थ्य शिविरबाट ३ सय बढीले आकस्मिक स्वास्थ्य सेवा लिएका छन् । बराहक्षेत्र संरक्षण तथा सम्वद्र्धन धार्मिक क्षेत्र (बाह्रकुने दह) मेलामा त्रिभुवननगर जेसीज, दाङ महिला जेसीज, रोटरी क्लब अफ दाङ, लायन्स क्लब अफ घोराही सिटी र घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाले संयुक्त रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थिए ।

मेलामा हुनसक्ने सम्भावित चोटपटकको प्राथमिक उपचार तथा तत्काल स्वास्थ्यमा देखिनसक्ने समस्याका लागि स्वास्थ्यकर्मी सहित विभिन्न किसिमका औषधिहरु निःशुल्क रुपमा वितरणका लागि राखिएको थियो ।कार्यक्रममा भैपरी आउनसक्ने दुर्घटनाका लागि एम्बुलेन्स सहितको सेवा उपलब्ध गराइएको त्रिभुवननगर जेसीजका कार्यबाहक अध्यक्ष अमर अधिकारीले बताउनुभयो ।

कार्यक्रममा त्रिभुवननगर जेसीजका कार्यबाहक अध्यक्ष अमर अधिकारी, रोटरी क्लब अफ दाङका अध्यक्ष ओविन्द्र बहादुर महरा, लायन्स क्लब अफ घोराही सिटीका पवन योगी, दाङ महिला जेसीजकी अध्यक्ष नारायणी भण्डारी, नेपाल परिवार नियोजन संघ दाङका प्रमुख वसन्त खनाल, घोराही उपमहानगरपालिका हेल्थ असिस्टेन्ट प्रकाश आचार्यलगायतको सहभागिता रहेको थियो ।शिविरमा स्वास्थ्य सेवा तथा परामर्शका लागि विशेषज्ञ डाक्टरहरुसहितको व्यवस्था गरी सेवाग्राहीलाई औषधि तथा परामर्श दिइएको रोटरी क्लब अफ दाङका अध्यक्ष ओविन्द्र बहादुर महराले बताउनुभयो ।

कार्यक्रममा आवश्यक औषधि नेपाल परिवार नियोजन संघ दाङ शाखाले उपलब्ध गराएको थियो । कार्यक्रमको संयोजकमा त्रिभुवननगर जेसीजका स्वास्थ्य संयोजक पंकज आचार्य र दाङ महिला जेसीजकी स्वास्थ्य संयोजक सुनिता बस्नेत रहनुभएको थियो ।जेसीजले हरेक वर्ष माघी पर्वको अवसरमा बाह्रकुने दहमा निःशुल्क रुपमा स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस