दाङ, ८ माघ । अवैधरुपमा कटान गरिएको सालका काठसहित दाङ प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । घोराही उमनपा–१२ हिलेखर्कबाट नारायणपुरतर्फ रा १ ह ५३७५ नम्वरको अटोमा राखेर लैजाँदै गरेको बेला खुटीडाँडा सामुदायिक बन उपभोक्ता समितिका पदाधिकारीहरुले नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय नारायणपुरलाई बुझाएका हुन ।

अटोमा राखेर ल्याइएका ५ दशमलव ८ क्यूफुट सालको काठ र ओसारपसारमा संलग्न घोराही उमनपा–१२ हिलेखर्कका ३० वर्षीय जीवराज रावत, घोराही–१२ गुरौंका ३६ वर्षीय गोविन्द घर्ती र घोराही–११ का ३४ वर्षीय किरण बस्नेतलाई पक्राउ गरिएको सामुदायिक वनका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ गरिएका व्यक्ति र काठलाई बन कार्यालयलाई बुझाइएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस