घोराही, ११ माघ । घोराही उपमहानगरपालिका दाङले आयोजना गरेको तेस्रो नगरस्तरीय उपमेयर कप छात्रा भलिबल प्रतियोगिताको उपाधी जयशेर माध्यमिक विद्यालय रावतगाउँले जितेको छ ।

घोराहीको शहीद मञ्चमा बुधबार भएको अन्तिम खेलमा ३–१ सेटमा जयसेर मावि विजयी भएको हो । सामुदायिक र निजी गरी १६ वटा विद्यालयका छात्राहरुको सहभागिता रहेको थियो ।

अन्तिम खेलमा जयशेर मावि र पद्मोदय पब्लिक नमूना मावि भरतपुरबीच खेल भएको थियो । जसअनुसार जयशेर माविले २५–१५, २७–२५ र २५–२२ को तीन सेट जितेर विजेता बन्यो भने पद्मोदयले एक सेट २५–१४ जितेर उपविजेता बनेको छ । प्रतियोगितामा विजयी भएका टिमलाई यही माघ १५ गते नगरको स्थापना दिवसमा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगिता समापनमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले विजेता तथा उपविजेता खेलाडीहरुलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस