घोराही, ११ माघ । घोराही उपमहानगरपालिका ६ बेसाही निबासी सेनराज शाहले आफ्ना अभिभावक दिव‌ंगत सम्झनामा माध्यमिक विद्यालय सौँडियारमा ७५ हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।

विद्यालयले बुधबार आयोजना गरेको ४९ औँ वर्षिकउत्वसका अवसरमा शाहले हजुर आमा दुर्गाकुमारी शाह, बुवा गिरिराज शाह र आमा लक्ष्मी शाहको स्मृतिमा सेनराजले विद्यालयमा उक्त धनराशीको अक्षयकोष स्थापना गर्नुभएको हो ।

७५ हजार रुपैयाँको वार्षिकरुपमा आउने ब्याजबाट आउने रकम कक्षा ९ मा अध्ययन गर्ने थारु समुदायका एक/एक जना जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति दिने गरी कोषको स्थापना गर्नुभएको सेनराजले जानकारी दिनुभयो ।त्यसैगरी, यसअघि सेनराजले सोही विद्यालयमा स्थापना गर्नुभएको मोहन शाह स्मृति अक्षयकोषबाट कक्षा ८ मा अध्ययनरत गरिब तथा जेहेन्दार छात्रछात्रालाई पुरस्कार प्रदान गरिएको छ । सेनराजले आफ्ना छोरा मोहन शाहको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस