दाङ, २९ माघ । प्रतिनिधिसभा सदस्य माननीय मेनका कुमारी पोख्रेलले तत्काल घोराही–तुलसीपुर सडक खण्डको निर्माण कार्य अघि बढाउन सरकारसँग माग गर्नुभएको छ । आइतबार संसदको बैठकमा बोल्दै सांसद पोख्रेलले घोराही–तुलसीपुर चारलेन सडक समयमै बन्न नसन्दा जनताले सास्तीसँगै ज्यान गुमाउनु परिरहेको भन्दै यसलाई अघि बढाउन सरकारसँग माग गर्नुभएको छ ।

उहाँले सडक अवरोध गर्ने तहसम्म जनता पुगेकाले तत्काल निर्माणका लागि पहल गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको हो । संसदको शून्य समयमा बोल्दै सांसद पोख्रेलले नेपाली किसानहरुले गरेको खेती सडकमा फ्याक्नुपर्ने अवस्था सिर्जना भएको हुँदा किसानका उत्पादनलाई प्राथमिकतामा राखेर बजारीकरण गर्न नेपाल सरकारसँग माग गर्नुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस