घोराही, १ फागुन । फागुन ३ गतेदेखी १३ गतेसम्म घोराहीमा हुने ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी २०७९’ मा विभिन्न प्रतियोगिताहरु हुने भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा हुने महोत्सवमा जिल्लास्तरीय लोकदोहोरी गीत प्रतियोगिता र विद्यालय तथा संघसंस्थास्तरीय लोक नृत्य प्रतियोगिता हुने आयोजक मूल समितिले जानकारी दिएको छ ।

‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको सम्वृद्धिको आधार’ र ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ भन्ने मूल नाराका साथ घोराही १४ झिँगौरामा हुने महोत्सवमा हरेक दिन जिल्लास्तरीय लोकदोहोरी गीत प्रतियोगिता र विद्यालय तथा संघसंस्था स्तरिय लोक नृत्य प्रतियोगीताहरु हुने महोत्सव आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।

प्रतियोगीतामा प्रथम, द्वितीय र तृतिय हुने टीमलाई नगदसहित शिल्ड र मेडल प्रदान गरिने छ । जसमा लोकदोहोरी गीत प्रतियोगितातर्फ प्रथमलाई ४० हजार ५ सय ५५, द्वितीयलाई ३० हजार १ सय ५५ र तृतीय हुनेलाई २० हजार १ सय ५५ रुपौयाँ नगदसहित शिल्ड र मेडल प्रदान गरिने छ ।

यस्तै लोक नृत्य प्रतियोगीतातर्फ प्रथम हुनेलाई १० हजार १ सय ५५, द्वितीय हुनेलाई ६ हजार १ सय ५५ र तृतीय हुनेलाई ३ हजार १ सय ५५ रुपैया नगदसहित शिल्ड र मेडल प्रदान गरिने सांस्कृतिक उपसमितिका संयोजक सुरज बुढाथोकीले जानकारी दिनुभयो ।

स्थानीय एवं राष्ट्रिय स्तरमा लघु तथा घरेलु उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको पहिचान गराई कृषी तथा उद्योगहरुमा प्रयोग हुने आधुनिक प्रविधिहरुको जानकारी सहिचत आन्तरिक एवं बाह्य पवर्द्धनमा टेवा पुर्‍याउने, महिला उद्यमशीलता तथा लघु घरेलु उद्योगबाट उत्पादित बस्तुहरुको उचित गुणस्तरको पहिचान गराई आम जनमासहरु र नागरिकहरुमा स्वदेशी उत्पादनको प्रयोग गर्न प्रोत्साहन गर्ने, पेशागत सम्मानको वातावरण सृजना गराई लघु तथा घरेलु उद्योगका मार्फत बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन प्रोत्साहन गर्ने, प्रदेशको मौलिक कला संस्कृति सभ्यता र यहाँका मनमोहक प्राकृतिक सभ्यताहरुलाई राष्ट्रिय रुपमा चिनाउने र कृषीको आधुनिकरणकोलागी कृषि प्रविधिहरुको प्रदर्शनी गर्ने लगायतका उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस