दाङ,२० फागुन । नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानलाई सफल बनाउन प्रेस चौतारी नेपाल दाङले जिल्लाका आठ वटा स्थानीय तहमा भेला तथा प्रशिक्षण गरेको छ ।
चौतारीलाई थप व्यवस्थित गर्ने र ग्रासरुट अभियानको प्रभावकारीरुपमा सूचना प्रवाह गर्न भेला प्रशिक्षण गरिएको हो ।

फागुन १९ गते दंगीशरण, राजपुर र बंगलाचुलीमा भेला प्रशिक्षण गरेको चौतारीले फागुन २० गते तुलसीपुर उपमहानगरपालिका, गढवा गाउँपालिका, बबई गाउँपालिका, राप्ती गाउँपालिका र शान्तिनगर गाउँपालिकामा भेला प्रशिक्षण गरेको हो ।

एकैसाथ दश वटै स्थानीय तहमा भेला प्रशिक्षणको अभियान थालेकोमा लमही नगरपालिका र घोराही उपमहानगरपालिकामा छिटै गरिने प्रेस चौतारी दाङले जनाएको छ । तुलसीपुर उपमहानगर कमिटीका अध्यक्ष बसन्त परियारको अध्यक्षता तथा एमाले प्रचार विभाग उपप्रमुख संगीत बस्यालको प्रमुख आतिथ्यतामा फागुन २० गते तुलसीपुरमा भएको भेलाले ग्रासरुट अभियानलाई सफल बनाउन प्रेमकुमारी बढामगरको संयोजकत्वमा तलसीपुर नगरस्तरीय प्रचारप्रसार समिति गठन गरिएको छ ।

कार्यक्रममा एमाले दाङका सचिवालय सदस्य सुरेश रावत, तुलसीपुर नगर अध्यक्ष माधव वली, युवासंघ नेपालका केन्द्रीय सदस्य गोपाल नेपाली, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सन्तोष दहित, प्रेस चौतारी नेपाल दाङका सल्लाहकार जे.एन.सागरले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी गढवामा सम्पन्न प्रेस चौतारी नेपालको पालिका स्तरीय भेलाले प्रेम खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा लिला गिरी, सचिवमा सुरज पोख्रेल, कोषध्यक्षमा माधवी नेपाली, सदस्यहरुमा सुनिल गिरी, गोपाल गहतराज, प्रभुराम लोध, कमल थापा, सिजन थापा, विनोद केसी, अशोक जिसी, सन्तोष केसी, गिता नेपाली, मनिषा नेपाली चयन हुनु भएको छ । यस्तै सल्लाहकारमा शिवराज पन्थी, ऋषि यादव र देवबहादुर यादव चयन हुनु भएको छ ।

प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष दशरथ घिमिरेको अध्यक्षता तथा नेकपा एमाले गढवा गाउँपालिका अध्यक्ष बावुराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको भेलामा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दुर्गालाल केसी, नेकपा एमाले गढवा गाउँपालिका वडा नं. ६ का अध्यक्ष दामोदर ढुंगाना, वडा नं. ५ का अध्यक्ष सिता थापा, वडा नं. ७ का अध्यक्ष श्यामबहादुर चौधरी, क्षेत्रिय सदस्य खुमानन्द पोख्रेल, वडा न. ४ का सचिव चेतबहादुर थापा लगायतले बोल्नुु भएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस