घोराही, २२ फागुन । ज्ञानमाला एकेडेमीले एस‍्ईई विद्यार्थीहरुलाई बिदाइ गरेको छ । घोराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीको कक्षा ९ मा अध्ययनरत विद्यार्थीले कक्षा १० का एस्ईई विद्यार्थीहरुलाई सोमबार बिदाइ गरेका हुन् ।

कक्षा ९ कि छात्रा सलिना पुनको अध्यक्षता एवम् विद्यालयका प्रधानाध्यापक महेश बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका वक्ताहरुले विद्यार्थीहरू राष्ट्रका लागि असल नागरिक भइ देशको सेवामा लाग्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले एस्ईईमा सहभागी हुने विद्यार्थीहरुले हालसम्म प्राप्त ज्ञानलाई निर्धक्कसँग उत्तरपुस्तिकामा प्रस्तुत गर्न सुझाएका छन् ।कक्षा ९ कि छात्रा निशा भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका क्लब इन्चार्ज बिमला केसी, लेखापाल कविराज केसी, कक्षा १० का छात्र डेबिट चौधरी, छात्रा एलिसा चौधरी, कक्षा ९ का छात्र विवेक श्रेष्ठलगायतले बिदाइ तथा शुभकामना मन्तव्य राखेका थिए।

उक्त अवसरमा विद्यार्थीहरुले गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो भने कक्षा १० का विद्यार्थीहरूले विद्यालयका प्रधानाध्यापकलाई उपहारस्वरुप ड्रम बाजा र विद्यालय परिवारसहितको फोटो फ्रेम प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन कक्षा ९ का छात्र मनिष गुप्ताले गरेका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस