दाङ, २३ फागुन । त्रिभुवननगर जेसीजले घैटाफोड प्रतियोगिता तथा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । जेसीजले मंगलबार सचिवालयमा हाली मिलन तथा घैटाफोड प्रतियोगिता आयोजना गरेको हो ।त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष भोलानाथ अधिकारीको प्रमुख आतिथ्यता तथा त्रिभुवननगर जेसीजका अध्यक्ष कुलबहादुर वलीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले असत्यमाथि सत्यको जीत भएको पौराणित मान्यता अनुसार यो पर्व मनाउँदै आए पनि यसले मानिसको आपसी सम्बन्ध सुमधुर बनाउनुका साथै उनीहरुलाई सकारात्मक ऊर्जा समेत प्रदान गर्ने बताउनुभयो ।

आपसी द्वैषको अन्त्य गर्दै भाइचाराको सम्बन्ध स्थापित गर्ने भएकोले पनि होली पर्वको विशेष महत्व रहेको प्रमुख अतिथि अधिकारीले धारणा राख्नुभयो । उक्त अवसरमा बोल्दै त्रिभुवननगर जेसीजका अध्यक्ष कुलबहादुर वलीले होली पर्वले जीवन रङ्गीन बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । विभिन्न रङहरु मान्छेको सफलताको प्रतीक भएको बताउँदै उहाँले रङमा रमाउनेहरु सफल अनि तनाब मुक्त हुने बताउनुभयो ।

होली पर्वका अवसरमा घैटाफोड प्रतियोगिता
होली पर्वको अवसर पारेर त्रिभुवननगर जेसीजले आयोजना गरेको घैटाफोड प्रतियोगितामा ५ जना विजयी भएका छन् । कार्यक्रममा २५ बढी प्रतियोगीहरुमध्ये जुद्धबहादुर घर्ती, अमर अधिकारी, किशन वली, किसनध्वज पौडेल र हिमाल पौडेल विजयी हुनुभएको थियो । कार्यक्रमका विजयीहरुलाई प्रमुख अतिथि भोलानाथ अधिकारीले पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रम संयोजक राजन घर्ती मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव किरण गौतमले गनुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस