दाङ, २४ फागुन । त्रिभुवननगर जेसीजले बुधबार घोराहीमा नेतृत्व तथा सफलताका लागि सञ्चारको भूमिका विषयक प्रशिक्षण सम्पन्न गरेको छ । कार्यक्रमका प्रशिक्षक रहनुभएका रेकी हिलिङ्ग फाउन्डेसन नेपालका अध्यक्ष हिमाल ओझाले नेतृत्वलाई सफल बनाउन प्रभावकारी सञ्चार आवश्यक रहेको औंल्याउनुभयो । मानिसलाई सफल र नेतृत्व तहमा पुर्याउनका लागि सञ्चारको महत्वपूर्ण भूमिका भएकोले हरेक सञ्चार अर्थपूर्ण हुनुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रमका प्रमुख अतिथि त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष एवं आन्तरिक लेखासमितिका संयोजक ओविन्द्रबहादुर महराले व्यक्तिको नेतृत्व क्षमता उसले गर्ने सञ्चारबाट झल्कने धारणा राख्नुभयो । नेतृत्व र प्रभावकारी सञ्चार अभिन्न पाटो भएको भन्दै उहाँले हरेक व्यक्ति सफल हुन उसमा प्रभावकारी सञ्चारको सीप हुन जरुरी भएको उहाँको ठहर थियो ।
त्रिभुवननगर जेसीजका अध्यक्ष कुलबहादुर वलीको अध्यक्षतामा भएको कायक्रमको सहजीकरण महासचिव किरण गौतमले गर्नुभएको थियो । २५ जना बढी सहभागी रहेको तालिमको संयोजकमा कमल कुमार शर्मा रहनुभएको थियो । कार्यक्रम त्रिभुवननगर जेसीजका उपाध्यक्ष प्रेमलाल न्यौपानेको आस्थापाठबाट सुरु भएको थियो । सहभागीका तर्फबाट समीर वलीले सिकाइ अनुभव व्यक्त गर्नुभएको थियो ।












