काठमाडौं २४ फागुन । संघीय सासंद मेनका कुमारी पोख्रेलले समाज बदल्न घरबाटै समान व्यवहार लागु गर्नुपर्ने बताउनु भएकोछ ।

११३ औं अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सेफ नेपालले काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि समेत रहनु भएकी सांसद पोख्रेलले महिला हक अधिकारहरु संविधानमा सुनिश्चित रहेता पनि व्यवहारमा लागु गर्ने सवालमा थुप्रै चुनौतीहरु रहेको बताउनु भएको छ । उहाँले चुनौतीहरुको सामना गर्दै महिला अधिकारलाई व्यवहारमा कार्यान्वयन गराउन महिलाहरुले थप संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस