दाङ, १५ चैत । सरस्वती माध्यमिक विद्यालय भरतपुर (काठेकोहल) दाङमा आज एक कार्यक्रमको आयोजना गरी शिक्षक तथा विद्यार्थीहरुको स्वागत र बिदाइ कार्यक्रम गरिएको छ ।

कक्षा १२ र डिप्लोमा तह सूचना प्रविधि विषयमा तेस्रो वर्ष दोस्रो खण्ड छैठौँ समेष्टरमा अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई बिदाइ गरिएको हो । कक्षा ११ र डिप्लोमा तह सूचना प्रविधि विषयमा प्रथम सेमेष्टर, तेस्रो सेमेष्टर र चौथो सेमेष्टरले बुधबार एक सम्युक्त कार्यक्रमको आयोजना गरी १२ कक्षा र छैठौँ सेमष्टरका विद्यार्थीहरुलाई बिदाइ गरेका हुन् ।कार्यक्रममा नव युक्त शिक्षकहरु उज्ज्वल अधिकारी, सरला शर्मा र रामप्रसाद पार्धेलाई स्वागत तथा लामो समयसम्म अध्ययनपन गराउनु भएका शिक्षकहरु आशिष आचार्य र टिका बस्नेतलाई पनि बिदाइ गरिएको छ । स्वागत तथा बिदाइ भएर जाने र आउने शिक्षकलाई टीकाअबिर र खादा लगाएर स्वागत गरिएको थियो ।

चौथो सेमेष्टरका छात्र योगेश अधिकारीको सभापतित्व एव‌ं विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा कार्यक्रम संयोजक हेमराज शर्मा, बिदाइ भएर जानु भएका शिक्षक टिका बस्नेत, विद्यार्थीहरु निविन नाथ, नविना विक, देवियानी शाही, पारस न्यौपाने लगायतकाले बोल्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस