घोराही, १६ चैत । लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा मजदुरी गर्दै आएका एक व्यक्ति चैत १० गतेदेखि बेपत्ता हुनुभएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ८ दुन्द्रामा घर भएका पहलमान चौधरी विगत ६ दिनदेखी बेपत्ता भएको आफन्तले जनाएका छन् ।

५२ वर्षिय पहलमान विगत लामो समयदेखी उक्त सिमेन्ट उद्योगमा काम गर्दै आउनुभएको थियो । घरबाट उद्योगमा काम गर्न भनी हिँड्नुभएका उहाँ एक्कासी बेपत्ता भएको उहाँका ज्वाइँ विष्णुप्रसाद चौधरीले जानकारी दिनुभएको छ । उहाँको परिवारले विभिन्न ठाउँहरुमा खोज्दा समेत नभेटाएको हुँदा भेटाउनुहुने जो कोहिले नजिकको प्रहरी कार्यालय तथा ९८२९५०३९४४ मा खबर गरिदिन विष्णुप्रसाद चौधरीले सबैमा आग्रह गर्नुभएको छ ।

सो घटनाबारे दाङ प्रहरीलाई पनि जानकारी गराएर खोजीका लागि समन्वय गर्न आग्रह गरिएको बेपत्ता पहलमानका ज्वाई विष्णुप्रसाद चौधरीले जानकारी दिनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस