देउखुरी, २३ चैत । दाङमा सामुहिक रुपमा एकिकृत समाजवादी परित्याग गरेका नेताहरु सामुहिक रुपमै नेकपा एमाले मुल घरमा फर्किएका छन् । एकीकृत समाजवादीको केन्द्र, प्रदेश तथा जिल्ला स्तरमा भूमिका निर्वाह गरेका नेताहरु विहिवार एमालेमै फर्किएका हुन ।

एकिकृत समाजवादीकी केन्द्रिय परिसद् सदस्य मिना गुरुङ, मेटमणी चौधरीका प्रमुख पूर्व स्वकीयहरु भुमाण्डव केसी र गौरवसिंह महरा, नेकपा एकीकृत समाजवादी पार्टीका नेता सिता चौधरी, हिमाल अधिकारी, किसन भट्टराई एमालेमा फर्किनु भएको हो ।

नेकपा एमाले दाङका ईञ्चार्ज तथा पोलिटव्यूरो सदस्य नरुलाल चौधरी, केन्द्रिय सदस्य चेतनारायण आचार्य, केन्द्रिय लेखा आयोग सदस्य रेवतीरमण शर्मा, प्रदेश कमिटी सचिव लक्षमण आचार्य, प्रदेश कमिटी सदस्य तुलसीराम शर्मा, जगत पोख्रेल, कुलबहादुर केसी, नारायण डिसी छम्पाली, गंगाराम भट्टराई, रतनकुमार केसी, धुपनारायण चौधरी लगायतका नेताहरुले एमालेमा स्वागत गर्नुभयो ।

एकिकृत समाजवादी भित्र व्यक्तिवादी अहंकारवाद, निरंकुश एवं स्वयच्छाचारी प्रवृत्ति मौलाउदै गएको र पार्टीको माध्यमबाट नेपाली कम्यूनिष्ट आन्दोलनको शुद्धिकरण हुन नसक्ने ठहर गर्दै चैत ४ गते पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका नेताहरुलाई स्वागत गरिएको हो ।‘एकिकृत समाजवादी पार्टीको भविस्य छैन् ।

कुनै पार्टीमा विलय हुन्छ या यसै सकिन्छ’एमालेमा फर्किदै युवा नेता भुमाण्डव केसीले भन्नुभयो,‘समय परिवर्तनशील छ । त्यसैले विचारमा पनि परिवर्तन आउन जरुरी छ । हामी हाम्रो पुरानै घरमा फर्कियौं । यहाँबाटै नेपाली जनताको न्याय, समानता र मुक्तिको संघर्षमा अघि बढ्छौं ।’

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि पोलिटव्यूरो सदस्य नरुलाल चौधरीले मिसन ग्रासरुट अभियानले पार्टीलाई ग्रासरुटमै स्थापीत गर्ने र खुट्टा टेकाउने बताउनु भयो । मुल घरमा फर्किएकाहरुलाई उचित जिम्मेवारी दिइने पार्टी सचिव मनोहर बुढाथोकीले बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस