दाङ, २५ चैत । पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समिति सदस्य चयन गर्न निर्वाचन भएको छ । दलीय आधारमा व्यवस्थापन समिति चयन गर्न आठ दलीय गठबन्धनको एउटा प्यानल र अर्काे एमालेको छुट्टै प्यानल प्रतिस्पर्धामा थिए ।

एमालेका उम्मेदवारले गठबन्धन प्यानललाई पराजित गरेको छ । चार सदस्य चयन गर्न भएको निर्वाचनमा एमालेबाट उम्मेदवारी दिएकी अभिभावक सुशीला वली, बुद्धिराम पुन मगर, पवित्रा चौधरी, घनश्याम चौधरी निर्वाचित भएका छन् । सुशीला वलीले ३६८, बुद्धिराम पुन मगरले ३६०, पवित्रा चौधरीले ३५९, घनश्याम चौधरीले ३६३ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।

गठबन्धनबाट उम्मेदवार बनेका अभिभावक धना जिसीले २८६, डिकम बिएमले २८१, सुशीला खनालले २७७ र उमादेवी गिरी डाँगीले २७९ मत प्राप्त गर्नुभएको थियो । जिल्लाकै पुरानो विद्यालयको व्यवस्थापन समिति चयन गर्न दलीय प्यानल बनाइएको थियो । ६६८ मत खसेको मध्य ११ मत बदर र ६५७ मत सदर भएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस