दाङ, ५ वैशाख ।दाङको घोराहीमा रहेको बुद्ध ईन्टरनेशनल हस्पिटल पश्चिम नेपालमै दुरविन (Laparoscopic and Endourology) विधिद्वारा गरिने अपरेसनको केन्द्रका रुपमा स्थापित हुँदै गएको छ । सर्बसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको हस्पिटलले (Laparoscopic and Endourology) विधिद्धारा विभिन्न जटिल स्वास्थ्य समस्याको सफल अप्रेसन गर्दै आएको छ । गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा आफ्नै ठाउँमा पाएपछि जटिल समस्याबाट ग्रसित बिरामीहरु पुनः जीवन पाएको महसुस गर्न थालेका छन् ।

बुद्ध ईन्टरनेशनल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माका अनुसार, ‘ल्याप्रोसकोप (Laparoscope) भनेको एक किसिमको पाइप हो, जसमा क्यामेरा र प्रकाशको लागि लाइट राखिएको हुन्छ । यसलाई बोलिचालीको भाषामा दुरबिन पनि भन्ने गरिन्छ । उक्त यन्त्रलाई शरीरको पेट, कोखामा प्वाल पारी भित्र छिराएर विभिन्न समस्याको अपरेसन गर्ने विधि दुरबिन (Laparoscopic) अपरेसन हो भने पिसाब नलीबाट घाउ नबनाई यन्त्र छिराएर पिसाबनली, पिसाब थैली, किड्नीको पत्थरी र प्रोस्टेटको अपरेशन गर्ने विधी Endourology हो ।

उहाँले अनुसार यी दुई विधिद्वारा अपरेसन गर्दा शरीरमा सानो प्वाल बनाएर वा प्वाल नै नबनाएर अपरेशन गरिने भएकाले बिरामीलाई सानो घाउ हुने वा घाउ नै नहुने, छिटो डिस्चार्ज हुने, छिटो निको हुने, आर्थिक बोझ कम हुने लगायतका फाइदा हुन्छ । दुरविन (Endourology) विधिद्वारा बुद्ध ईन्टरनेशनल हस्पिटलमा युरोलोजी अन्तर्गत किड्नीको पत्थरी (RIRS, PCNL), प्रोस्टेटको (TURP)को अपरेसन गरिदै आइरहेको छ भने पिसाब नलीको पत्थरीको (URSL), पिसाब थैलीको पत्थरीको (CYSTOLITHOTRISPY,PCCL) र सर्जरी अन्तर्गत Laparoscopic विधिद्वारा पित्त थैलीको पत्थरीको (Laparoscopic Colycystectomy), हर्नियाको (Lap Hernioplasty), एपेन्डिसको (Lap. Appendectomy) साथै स्त्री तथा प्रसूति रोगतर्फ पाठेघरको अपरेसन (TLH), अण्डासयको ट्युमरको (Laparoscopic Ovarian Cystectomy) अपरेसनहरु गर्दै आइरहेको छ ।हस्पिटलले स्थापनाकालदेखि नै दुरबिन (Laparoscopic and Endourology) विधिलाई प्रथमिकता दिँदै सेवा विस्तार गर्दै ल्याएको छ । जसले गर्दा दुरबिन विधिद्वारा जटिल प्रकृतिका अपरेसन गर्न देश तथा विदेशका विभिन्न हस्पिटलमा पुग्नुपर्ने बिरामीको बाध्यता अन्त्य भएको छ । दुरबिन (Endourology) विधिद्वारा अहिलेसम्म हस्पिटलमा युरोलोजी अन्तर्गत किड्नीको पत्थरी (RIRS, PCNL) को सेवा ३ सय ४१ जनाले लिएका छन् । यस्तै प्रोस्टेटको (TURP) ४४, पिसाब नलीको पत्थरीको URSL तथा पिसाब थैलीको पत्थरीको (CYSTOLITHOTRISPY, PCCL) गरेर ४ सय २३ र Laparoscopic विधिद्वारा गरिएको सर्जरी अन्तर्गत पित्तथैलीको पत्थरी (Laparoscopic Colycystectomy) को ३ हजार ७ सय १४ जना हर्नियाको (Lap. Hernioplasty) ४२, एपेन्डिक्सको (Lap Appendectomy) ४ सय ९९ ले अपरेसन सेवा लिएको बुद्ध ईन्टरनेशनल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माले जानकारी दिनुभयो । यस्तै स्त्री तथा प्रसूति रोगतर्फ पाठेघरको अपरेसन (TLH) सेवा ५८ र अण्डासयको ट्युमरको (Laparoscopic Ovarian Cystectomy) ९५, जनाले अपरेसन सेवा लिएको उहाँले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस