दाङ, ५ वैशाख । त्रिभुवननगर जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार व्यक्तिगत वित्त व्यवस्थापन तालिम सम्पन्न गरेको छ । देशमा आर्थिक सङ्कट विद्यमान रहेको अवस्थामा सामान्य खर्चहरु कटौति एवं व्यवस्थापन गर्न सके पनि बचत गर्ने बलियो आधार हुने भएकोले वित्त व्यवस्थापन तालिमको आयोजना गरिएको जेसीज सप्ताहका मूल संयोजक अमर अधिकारीले बताउनुभयो ।नबिल बैंक देउखुरी सेक्टर प्रमुख मुरारी कुमार अर्यालको प्रमुख आतिथ्यता तथा त्रिभुवननगर जेसीजका अध्यक्ष कुलबहादुर वलीको अध्यक्षतामा भएको तालिममा २ दर्जन बढीको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा दिपक सेठी रहनुभएको थियो ।

कार्यक्रम संयोजक विमल खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मूल संयोजक अमर अधिकारीले कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । कार्यक्रमको सञ्चालन त्रिभुवननगर जेसीजका महासचिव किरण गौतमले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस