दाङ, ६ वैशाख । त्रिभुवननगर जेसीजको जेसीज सप्ताहअन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । जेसीज सप्ताहको छैठौं दिन जेसीज मार्ग तथा प्राङ्गण सरसफाइ गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेयले सरसफाइ मानव स्वास्थको महत्त्वपूर्ण पक्ष भएको भन्दै सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । आफू र आफ्नो घर मात्र नभएर सडक, चोक, टोल सबै सफा हुनुपर्ने उहाँको भनाइ थियो । सडक सफाइको काममा मात्र नभएर जेसीजले हरेक सामाजिक कार्यमा अगुवाई गरेको भन्दै उहाँले जेसीजको प्रशंसा गर्नुभयो ।

अध्यक्ष कुल बहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक रोशन दाहालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सप्ताहका मूल संयोजक अमर अधिकारीले सप्ताहव्यापी कार्यक्रमबारे जानकारी दिनुभएको थियो । कोषाध्यक्ष टंक रावतको आस्थापाठबाट सुरू भएको कार्यक्रमको सञ्चालन महासचिव किरण गौतमले गर्नुभएको थियो ।

नेतृत्व तथा व्यक्तित्व विकास गर्ने थलोका रूपमा स्थापित जेसीजले हरेक वर्ष वैशाख १ गतेदेखि ७ गतेसम्म सप्ताह मनाउने गर्दछ । नेतृत्व तथा व्यक्तित्व विकासलाई समाजमा परीक्षण गर्नका लागि सप्ताह मनाउने गरिएको त्रिभुवननगर जेसीजका महासचिव किरण गौतमले बताउनुभयो ।

जेसीज सप्ताहको बिहीबार साहित्यिक कार्यक्रम गरी समापन गरिने सप्ताहका मूल संयोजक अमर अधिकारीले जानकारी दिनुभयो । जेसीज सप्ताहको सातौँ दिन एक दर्जन श्रष्टाहरूका रचना वाचनको कार्यक्रम रहेको उहाँले बताउनुभयो । सप्ताह समापनमा उपस्थितिका लागि उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस