दाङ, ७ वैशाख । त्रिभुवननगर जेसीजको सप्ताहव्यापी कार्यक्रम ‘जेसीज सप्ताह–२०२३’ सम्पन्न भएको छ । वैशाख १ गतेदेखि सुरु भएको सप्ताह सातौँ दिन बिहीबार साहित्यिक रसपान कार्यक्रम गरी सम्पन्न भएको हो ।

अन्तिम दिन साहित्यिक रसपान कार्यक्रममा १५ जना श्रष्टाहरुले आफ्ना रचना वाचन गरेका थिए । विद्यमान समसामयिक विषयवस्तु, राजनीतिक विकृति एवं श्रृङ्गारिक भावसहितका विभिन्न रचनाहरु वाचन गरी सप्ताहको समापन भएको छ ।कार्यक्रममा श्रष्टाहरु राप्ती साहित्य परिषद्का वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, वरिष्ठ साहित्यकार यत्रबहादुर डाँगी, सिस्नो पानी दाङका अध्यक्ष डा. लोकराज पराजुली, राप्ती साहित्य परिषद् दाङका अध्यक्ष दीपक शर्मा ‘समीर’, धनसिङ गिरी, यम रेग्मी, हरिप्रसाद पौडेल ‘स्वर्ण शिखा’, दिलकुमारी बिएम ‘दिलु’, विना रोका, टंक रावत, संगीत मगर, श्रवण नेपाली, विक्रम वली र मुरारी प्रसाद अर्यालले रचना वाचन गर्नुभएको थियो ।

राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासीको प्रमुख आतिथ्यता एवं प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता त्रिभुवननगर जेसीजका अध्यक्ष कुलबहादुर वलीले गर्नुभएको थियो ।समापन कार्यक्रममा दाङ महिला जेसीजकी अध्यक्ष नारायणी भण्डारी, नबिल बैंक घोराहीका प्रबन्धक विश्वरूप खड्का, दाङ जिल्ला ट्राफिक प्रहरी प्रमुख किरण प्रकाश मल्ल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वैशाख १ गते नयाँ वर्षको शुभकामना आदानप्रदान, क्यालेन्डर विमोचन गर्दै सप्ताहको शुभारम्भ गरेको जेसीजले वैशाख २ गते मैत्रीपूर्ण फुटसल प्रतियोगिता, वैशाख ३ गते रक्तदान कार्यक्रम, वैशाख ४ गते सवारी दुर्घटना न्यूनिकरणका लागि अटो चालकहरुलाई ट्राफिक सचेतना कार्यक्रम, वैशाख ५ गते आर्थिक व्यवस्थापन र समृद्धिका लागि व्यक्तिगत वित्त व्यवस्थापन कार्यक्रम, वैशाख ६ गते जेसीज मार्ग तथा जेसीज प्राङ्गण सरसफाई र बिहीबार अन्तिम दिन साहित्यिक रसपान कार्यक्रम गरेको हो । कार्यक्रम संयोजक समीर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमबारे सप्ताहका मूल संयोजक अमर अधिकारीले जानकारी दिनु भएको थियो भने कार्यक्रम सञ्चालन महासचिव किरण गौतमले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस