दाङ, ७ वैशाख । नेपाल निजामती कर्मचारी संगठन दाङले आफ्नो स्थापना दिवसका अवसरमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । संगठनले ३३औं स्थापना दिवसको अवसर पारेर बिहीबार नवोदय बालकल्याण आधारभूत विद्यालय दक्षिण अमराईमा सागम्री हस्तान्तरण गरेको हो ।

उक्त अवसरमा विद्यालयलाई १२ थान झोला, १० दर्जन कापी, कलम, पेन्सिल, १ थान बल र पम्प र ६ थान स्मारिका हस्तान्तरण गरिएको संगठनका सचिव बाबुराम न्यौपानेले जानकारी दिनुभयो ।

संगठनका दाङ अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यता एवं दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा सहसचिव मोहनसिंह सुनारले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिसीले बालबालिकाहरुको शिक्षामा लगानी गर्नु भनेको देशको भविष्य सुनिश्चित गर्नु भएको बताउँदै बालबालिकाहरुलाई बालमैत्री वातावरणसहित सहज शैक्षिक एवं पारिवारिक वातावरण बनाउनु पर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा संगठनका केन्द्रीय सदस्य गोकर्ण वली, लुम्बिनी प्रदेश सचिव रामबहादुर वली, पेशागत महासंघ नेपाल दाङका अध्यक्ष खिमबहादुर डाँगी, संगठनका सल्लाहकार सानुनारायण अधिकारीलगायतका अतिथिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण दाङ जिल्ला सचिव बाबुराम न्यौपानेले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस