घोराही, ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा नेकपा एमाले दाङले आज ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाँच, विरामीहरुलाई फलफूल वितरण र मैत्रीपूर्ण भलिवल प्रतियोगिता गरेर मनाएको छ ।

विहान वेलझुण्डीस्थित रंगशालामा मैत्रीपूर्ण फूटवल प्रतियोगिता गरेको एमालेले दिउसो राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा विरामीहरुलाई फलफूल वितरण ग¥यो भने बेलुका घोराहीस्थित ज्येष्ठा नागरिक सरोकार केन्द्रमा रहेका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाँच र फलफूल वितरण गरेको हो ।

नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत, सचिव मनोहर बुढाथोकी, उपसचिव हिरादेवी पुनलगायत पार्टी नेताहरुको नेतृत्वमा गएको टोलीले घोराही, तुलसीपुरमा पुगेर विभिन्न कार्यक्रम गरेको हो । घोराहीको तेरौटेस्थित वृद्धाश्रममा रहनुभएका १९ जना ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गरिएको थियो ।

ज्येष्ठ नागरिकहरुमा सुगर, प्रेसरलगायतका समस्या देखिएको र आवस्यक औषधी उपलव्ध आइतबार गराइने एमालेले जनाएको छ । एमाले निकट स्वास्थ्यकर्मीहरुको टोलीले आश्रममै पुगेर ९ महिला र १० पुरुषको स्वास्थ्य जाँच गरेको हो । समस्याअनुसार औषधी पनि उपलव्ध गराइने भएको छ । यस्तै ज्येष्ठ नागरिकहरुलाई फलफूल समेत वितरण गरिएको छ ।

एमाले दाङका सचिव मनोहर बुढाथोकी, उपसचिव हिरादेवी पुन, घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष भानसिंह बुढा, एमाले सचिवालय सदस्य विवेक श्रेष्ठ, राष्ट्रिय युवा संघ केन्द्रीय निर्वाचन आयोगका सचिव गोपाल नेपाली,कर्मचारी संगठनका अध्यक्ष शेरबहादुर केसी, प्रेस चौतारी नेपालका सल्लाहकार जे.एन.सागरलगायत टोलीले फलफूल वितरण गरेको हो ।

सो अवसरमा बोल्दै वक्ताहरुले ज्येष्ठ नागरिक, असहाय, गरिव, विपन्नहरुकै हितका लागि नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको स्मरण गर्दै पार्टीको उद्देश्यअनुरुप अघि बढ्न एमालेले भूमिका खेल्ने बताएका थिए ।

यसैगरी एमाले दाङले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचाररत ३२ जना विरामीलाई फलफूल वितरण गरेको छ । एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतको नेतृत्वमा गएको टोलीले विरामीहरुलाई फलफूल वितरण गरेको हो । फलफूल वितरण गर्दै अध्यक्ष बस्नेतले असहायको सहाराका लागि नेपाल कम्युनिष्ट पार्टी स्थापना गरिएको स्मरण गर्दै जनताको सुख दुखमा साथ दिन एमाले उपस्थित हुने बताउनुभयो ।

मैत्रीपूर्ण फूटवल

नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा बेलझुण्डीमा मैत्रीपूर्ण फूटवल प्रतियोगिता गरिएको छ । एमाले दाङको आयोजनामा भएको प्रतियोगितामा नेपाल निजामती कर्मचारी संगठन विजयी भएको छ ।

नेपाल पत्रकार महासंघ दाङको टिमलाई ३–० गोलले पराजीत गर्दै कर्मचारी संगठनको टोली विजयी भएको हो । त्यस अघि नेपाल पत्रकार महासंघ दाङले नेकपा एमाले दाङको टिमलाई ४–१ गोलले पराजित गरेको थियो भने निजामति कर्मचारी संगठनले नेपाल राष्ट्रिय शिक्षक संगठनको टिमलाई ७–३ गोल अन्तरले पराजित गरेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस