दाङ, १८ वैशाख । नेपाल निजामती कर्मचारी संगठन तुलसीपुर उपमहानगर कमिटीको अध्यक्षमा हिमाल शर्मा चयन हुनुभएको छ । सोमबार तुलसीपुरमा भएको भेलाले हिमाल शर्मालाई अध्यक्षमा चयन गरेको हो ।

संगठनको रिक्त रहेको अध्यक्षमा इन्जिनियर हिमाल शर्मा, कोषाध्यक्षमा प्रकाश केसी, सदस्यहरुमा इन्जिनियर मिना योगी, पदम भण्डारी र सिन्धु हमाललाई भेलाले चयन गरेको संगठनका जिल्ला सचिव बाबुराम न्यौपानेले जानकारी दिनुभयो ।

१३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संगठनले तुलसीपुरमा बधाई, सम्मान तथा अन्तक्र्रिया कार्यक्रम समेत आयोजना गरेको छ । संगठनका जिल्ला अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष रेवन्त गौतमको प्रमुख आतिथ्यतामा तुलसीपुरमा भएको कार्यक्रममा संगठनले दाङका १० वटै पालिकाबाट ३ जनाको दरले ३० जनालाई सम्मान गरेको छ । पालिकामा उत्कृष्ट कार्यसम्पादनका साथै संगठनलाई गतिशील बनाउन महत्वपूर्ण भूमिका खेलेकोमा श्रमिक दिवसका अवसरमा सम्मान गरेको सचिव न्यौपानेले बताउनुभयो ।No description available.त्यसैगरी संगठनको ३३औं स्थापना दिवसका अवसरमा तथा एमाले पार्टीको ७५औं स्थापना दिवसका अवसरमा विजयी भएका फुटबल खेलाडीहरुलाई समेत उक्त अवसरमा प्रमाणपत्र वितरण गरिएको थियो ।

उक्त अवसरमा निजामती सेवा ऐनका सन्दर्भमा अन्तक्र्रियाका साथै कार्यक्षमता अभिबृद्धिमा सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम समेत सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा उपप्राध्यापक सुन्दर गौतमले प्रशिक्षण दिनुभएको थियो ।

साथै निजामती सेवा ऐनका बारेमा केन्द्रीय प्रतिनिधि विनोद अधिकारीले प्रस्तुत गर्नुभएको कार्यपत्रमा अन्तक्र्रिया समेत गरिएको थियो । हालै बाहिर आएको निजामती सेवा ऐनको ड्राफ्टमा थप सुधार गर्नुपर्ने सहभागीहरुले सुझाव दिएका थिए ।No description available.कार्यक्रममा नेकपा (एमाले)की केन्द्रीय सदस्य एवं अनेम संघकी केन्द्रीय उपाध्यक्ष मेनका पोख्रेल, केन्द्रीय सदस्य घनश्याम पाण्डे, संगठनका केन्द्रीय सचिव बामदेव वली, नगर प्रमुख टीकाराम खड्कालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । तुलसीपुर नगर कमिटी सचिव केशव डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संगठनका सचिव बाबुराम न्यौपानेले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस