दाङ, २३ वैशाख । प्रोग्रेसिभ इञ्जिनियर्स एशोसियसन नेपाल दाङको अध्यक्षमा इञ्जिनियर गिरीराज केसी सर्वसम्म चयन हुनुभएको छ ।

शनिवार घोराहीको बाह्रकुनेमा भएको दोस्रो जिल्ला अधिवेशनले केसीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यसैगरी उपाध्यक्षमा इ मालती दसौदी, सचिवमा ई पिताम्वर पुन, सहसचिवमा ई श्रीनारायण चौधरी, कोषाध्यक्षमा ई सनत पाण्डे सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

यसैगरी सदस्यहरुमा इञ्जिनियरहरु आरआर चौधरी, सुवास पुलामी, रमेश शर्मा, पदमबहादुर गिरी, भानु पुन र श्रीधर डाँगी सर्वसम्मत चयन हुनु भएको छ । जिल्ला अध्यक्ष बिक्रमबाबु केसीको अध्यक्षता एवं नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीको प्रमुख आतिथ्य तथा प्रोग्रेसिभ इञ्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेश अध्यक्ष दीपक भट्राईको विशिष्ट आतिथ्यमा भएको अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथी बुढाथोकीले संगठनलाई मजवुद बनाएर नागरिक सेवामा खटिन आग्रह गर्नुभएको थियो । कार्यक्रममा आदीवासी जनजाति महासंघका सचिव विवेक श्रेष्ठ, नेपाल निजामति कर्मचारी संगठन दाङका सहसचिव मोहनसिंह सुनार, इञ्जिनियर विराज डिसीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

उपाध्यक्ष गिरीराज केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शरद रमण पुरीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस