अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको ५९ औं स्थापना दिवसको अवसरमा घोराहीमा रक्तदान गरिएको छ । अनेरास्ववियु दाङको आयोजनामा सोमबार राप्ती इन्जिनियरिङ कलेजमा रक्तदान कार्यक्रम गरिएको हो ।
सो अवसरमा २५ जनाले रक्तदान गरेका छ्न । रक्तदान गर्नेहरुमा संगठनको तर्फबाट संगठका जिल्ला उपाध्यक्ष बसन्तप्रसाद भण्डारी, गणेश खड्का, सचिव लक्ष्मण गिरीलगायत नारायण न्यौपाने, बिशाल चौधरी, प्रमोद पौडेल, इञ्जिनियरिङ कलेजका मोहन भण्डारी, आशा गुप्ता, अनिता शिबभक्ती, सपना केसी, आयुष वेलवासे, रोशन खड्का, शिवसिह रोकाया, रेनु चौधरी, कमल केसी, अमृत रावत, नारायण बुढा, मुकेश बस्नेत, प्रकाश पुरी, मदन रोका, अशोक शाही, बिनोद डाँगी, सुबास गिरी रहनु भएको थियो ।
यसैगरी नेकपा एमाले दाङका सचिवालय सदस्य एवं स्कुल बिभाग प्रमुख विवेक श्रेष्ठ र नगर कमिटी सचिवालय सदस्य अभिषेक बुढा मगरले रक्तदान गर्नुभएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले संगठनले रक्तदान कार्यक्रम गरेर अनेरास्ववियुले युवाहरुलाई सामाजिक गतिविधिमा जोडेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले यस्ता विभिन्न रचनात्मक क्रियाकलापलाई थप बढावा दिन र शैक्षिक गुणस्तर र विद्यार्थीहरुका समस्याप्रति पनि जिम्मेवार भएर लाग्न आग्रह गर्नुभएको थियो । अनेरास्ववियु दाङका अध्यक्ष गोबिन्द बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बसन्त भण्डारीले स्वागत र सचिव लक्ष्मण गिरीले सहजीकरण गर्नु भएको थियो ।


